इन्फो नेपाल — सञ्चारको सञ्जाल

भूकम्पले घर भत्काउँदा डाेटीमा ३ जनाकाे मृत्यु

डोटी — बुधबार बिहान २.१२ मा आएकाे भूकम्पले घर भत्काउँदा पूर्विचौकी गाउँपालिकाकाे वडा नं ३ गैरागाँउमा ३ जनाकाे मृत्यु भएको स्थानीयबासीले जानकारी दिएका छन् । उद्वार कार्यकालागि घटनास्थलमा खटिएका नेपाली कांग्रेस ३ का वडासभापति दिर्घ बाेहराले कान्तिपुरसँग टेलिफाेनमा कुराकानी गर्दै ३ जनाकाे शब स्थानीयले बाहिर निकालिसकेको जानकारी दिए । घटनास्थलमा अहिले प्रहरी पुगिसकेको छैन । त्यसैले क्षतिको पूर्ण र औपचारिक विवरण आईसकेको छैन । गम्भिर घाईते भएका प्रेम सिं बाेहरालाई पनि स्थानीयले भत्किएकाे घरबाट बाहिर निकालेका छन् । उनकाे अवस्था चिन्ताजनक रहेकाे वडासभापति बाेहराले बताएका छन् । पानीपट्टी गरेर आफुले प्राथमिक उपचार गरेपनि अवस्था सुधार नभएकाे उनकाे भनाई छ । प्रेम सिं बाेहरा हिजाेमात्रै भारतबाट घर फर्केका थिए । घाईते बाेहराकाे श्रीमति र २ छाेरी भने घरभित्रै फसेका छन् । स्थानीयले उद्वारका लागि प्रयास गरिरहेका छन् । साे वडामा ७ घर भूकम्पले पूर्णरूपमा क्षति गरेकाे स्थानीयले बताएका छन् । डाेटीकाे खप्तड राष्ट्रिय निकुञ्ज भित्र पर्ने खप्तड बाबा आश्रमलाई केन्द्रबिन्दु बनाएर २ बजेर १२ मिनेटमा ६.६ रेक्टरकाे भूकम्प जाँदा डाेटीमा धनजनकाे क्षती भएकाे छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क