इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरको टक्सारका आगलागी पीडितलाई राहत वितरण

भोजपुर : भोजपुर नगरपालिका १२ टक्सार माल्बासेमा भएको आगलागीबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । चैत्त ३ गते भएको आगलागि पीडित पाँच परिवारलाई भोजपुर नगरपालिका, नेपाली कांग्रेस जिल्ला सभापती तथा कोशी प्रदेश संसद विनोद बान्तावा र वडा कार्यालयले संयुक्तरुपमा राहत सामग्री वितरण गरेको हो । भोजपुर नगरपालिकाबाट प्रति परिवार एक बोराको दरले ५ बोरा चामल, एक काटुन तेल, ५ डल्ला साबुन र ५/५ केजी चिनी र नुन वितरण गरेको छ । त्यस्तै संसद बान्तावाले पाँच बोरा चामल र १/१ लिटर तेल वितरण गरिएको छ । भोजपुर नगरपालिका वडा न १२ को कार्यालयले भने चार वटा ड्रम, बासको समस्या भएका दुई परिवारलाई चार बन्डेल जस्ता वितरण गरेको हो । राहत सामग्री वितरण गर्दै कोशी प्रदेश संसद विनोद बान्तावाले तत्काल केही सहयोग पुगोस भन्ने उद्देश्यल राहत सामग्री वितरण गरिएको बताए । आगमी दिनमा उहाँहरुको लागि राहत संकलनमा पहल गर्ने उनको भनाई छ । शनिबार जंगलबाट डडेलो बस्तीमा पसेपछि स्थानीय नरबहादुर कार्की, रत्नबहादुर कार्की, गजेन्द्र कार्की, पुष्पबहादुर कार्की र पदमबहादुर कार्कीको ७ घर पूर्ण रुपले जलेर नष्ट भएका थिए । यो सहयोग तत्काललाई भएकाले आगामी दिनमा कार्यपालिकाको बैठ बसेर थप सहयोग गर्ने भोजपुर नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क