इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ल्यायो ५२ करोड ५७ लाख ९२ हजार बजेट

सुनसरी: भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको चौधौं गाउँसभाको अधिवेशनमा ५२ करोड ५७ लाख ९२ हजार १ सय ७० रूपैयाँ बराबरको बजेट ल्याएको छ । आगामी वर्षको वार्षिक बजेट टेम्केमैयुङ गाउँपालिका सभाकी उपध्याक्ष रमादेवि राईले बजेट प्रस्तुत गरेकी हुन् । सभा मार्फत चालु तर्फ ३६ करोड ९३ लाख ६९ हजार नौ सय र पुँजीगत तर्फ १५ करोड ६४ लाख २३ हजार बराबरको बजेट गाउँपालिका उपाध्यक्ष रमादेवी राईले सार्वजनिक गरेकी हुन् । "कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार" भन्ने मुल नाराका साथ टेम्केमैयुङ गाँउपालिकालाई पूर्वाधार विकास अन्तर्गतका सडक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सांस्कृतिक क्षेत्र, व्यापार, खेलकुद लगायतका माध्यमबाट आर्थिक, सामाजिक- तथा सांस्कृतिक, खानेपानी , सामुदायिक विद्यालय , प्रविधि विकास ,सामाजिक विकास ,अपाङ्गता, जेष्ठ नागरिक, ,संस्कृति ,भाषा कला , साहित्य ,वन वातावरण तथा सरसफाइ , सुचना संचार , यातायात तथा भौतिक पूर्वाधार निर्माण लगाएत क्षेत्रमा विकास निर्माण गर्ने लक्ष्य रहेको सभाकी उपाध्यक्ष रमादेवी राईले प्रस्तुत गरेकी हुन् । सभा मार्फत चालु तर्फ ३६ करोड ९३ लाख ६९ हजार नौ सय र पुँजीगत तर्फ १५ करोड ६४ लाख २३ हजार बराबरको बजेट गाउँपालिका उपाध्यक्ष रमादेवी राईले सार्वजनिक गरेकी हुन् । गाउँपालिकाको आम्दानीको दायर कमजोरसँगै केन्द्र सरकार र प्रदेश सरकारबाट आउने बजेट कटौती हुँदा योजना सञ्चालन तथा व्यावस्थापनमा समस्या भएको गाउँपालिका सभा अध्यक्ष सरोज बस्नेतले बताए । स्थानीयबाट धेरै योजनाको माग भएपछि माग अनुसारको योजना सञ्चालनमा कठिनाई भएकाले जनप्रतिनिधिहरुले जनताको गालि खानुपर्ने अवस्था सिर्जना भएको अध्यक्ष बस्नेतको भनाइ छ । सभाले विनियोजन विद्येयक २०७९ र आर्थिक संधोधन विद्येयक सर्वसम्मत रुपमा पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय सन्दिप न्यौपानेले प्रस्तुत बजेटमा जानकारी दिए ।

सम्बन्धित समाचार

लगातार घट्दै सुनचाँदीको मूल्य, आज पनि उच्च गिरावट

काठमाडाैँ । विगत केही दिनदेखि सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो गहिरहेको छ । सुनको भाउ आज तोलामै १२ हजार २ सय रुपैयाँ घटेर २ लाख ४५ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघल…

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क