इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरको राउते खोलाको बाढीले सडक र खानेपानीको पाइप बगाएपछि स्थानीय समस्यामा

  • सुनसरी / भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ मा अवस्थित राउते खोलाको बाढीले सडक र खानेपानीको पाइप बगाएपछि स्थानीयबासि समस्यामा परेका छन् ।
गत जेठ ३१ र असार ८ गते आएको बाढीले खोलासँग जोडिएका ६ वटा सडक, १६ वटा खानेपानीको मुहान तथा पाइप र ट्रस पुलसमेत बगाएपछि भोजपुरको पश्चिमी क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बनेको हो । जनजीवन कष्टकर बन्दै गएपछि खानेपानी र आवतजावतका लागि बाटोको वैकल्पिक व्यवस्थामा पालिका जुटेको टेम्केमैयुङ गाउँपालिकाका मेयर सरोज बस्नेतले जानकारी दिए । उनका अनुसार पानधारे र राउते जोड्ने सडक मर्मत पहल भइरहेको छ । तत्काललाई सडक सञ्चालनका लागि काम भइरहेको भए पनि ठूलो क्षति भएकाले प्रदेश सरकार र केन्द्र सरकारका साथै अन्य निकायबाट बजेट माग गरेर दीर्घकालीनरूपमा सडक निर्माण गर्ने माथिल्लो निकाय सम्म ध्यानकर्षण गराएको गाउँपालिकाका मेयर बस्नेतले बताए । तत्काल कुलो मर्मतको काम नभए ९० प्रतिशत जमिन बाँझो बन्ने स्थितिमा रहेको टेम्केमैयुङ- ९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताए । मर्मतका गर्न ठुलै योजना र बजेट आवश्यक हुने भएकाले आर्थिक बर्षको बजेट विनियोजन भइसकेकाले गाउँपालिका प्रदेश , सरकार र केन्द्र सरकारमा समस्या र कुरा उठाएको उनले बताउछन् । अहिले सडक निर्माण गर्न इस्काभेटर मेसिन लिएर सडक मर्मत गराउने पहल भइरहेको उनले बताए । अहिले सवारीसाधन आवज जावजको गर्न नसक्ने भएकाले मानिन र बाहेक कुदने बाटो बनाउने काम भइरहेको उनले बताए । गाउँमा खानेपानीका लागि अस्थाई पाइप जोडेर गाउँमा लगिएको छ ।खोलामा निर्माण भइरहेको पक्की पुलमा समेत क्षति पुर्याएको छ । टेम्केमैयुङ–९ का धेरैजसो क्षेत्रमा बाढीले ठूलो क्षति गरेकाले राज्यले ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । बाढीका कारण भोजपुर सदरमुकामबाट कोट पाँचधारे हुँदै छिमेकी जिल्ला खोटाङ जोड्ने यो सडक एक महिना बढी समयबाट अवरोध हुँदा जनजीवन कष्टकर बन्दै गएको स्थानीयवासी बताउछन् । बाढीको कारण समस्या परेका स्थानीयलाई तत्काल केही आवश्यक सहयोग गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो । पाइप वितरण गरेर खानेपानी तथा सिँचाइ कुलो सञ्चालनका लागि गाउँपालिकाले पहल गरिरहेको उनको भनाइ छ । “बाढीको कारण निकै ठूलो क्षति भएको छ”, उपाध्यक्ष राईले भन्नुभयो, “सडक सञ्चालन गर्नका लागि काम सुरु गरिरहेका छौँ । धेरै ठूलो क्षति भएकाले गाउँपालिकाको बजेटले धान्ने अवस्था छैन । क्षतिको विवरण सङ्कलन गरेर प्रदेश र केन्द्र सरकारसँग आवश्यक बजेटका लागि माग गरेका छौँ । अन्य निकायसँग पनि गाउँपालिकाले आवश्यक सहयोग जुटाउनका लागि पहल गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो । गाउँपालिकाले विपद् कोषबाट सडक सञ्चालनमा ल्याउन पहल गरिरहेको र तत्काललाई सडक सञ्चालनका लागि काम भइरहेको भए पनि ठूलो क्षति भएकाले राज्यका अन्य निकायबाट बजेट माग गरेर दीर्घकालीनरूपमा सडक निर्माण गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताए । गत जेठ ३२ गते खोलाले बगाउँदा टेम्केमैयुङ गाउँपालिका- ९ गोगनेका २४ वर्षीय सव–इन्जिनियर मन्दिप राईको ज्यान गएको थियोे ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क