इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरको लेखर्कमा सरसफाई गरि वृक्षारोपण तथा सडक मर्मत

सुनसरी | भोजपुरको टेम्केमैयुङ गाउँपालिका -९ लेखर्कको सिंहदेवी मन्दिर परिसरमा सरसफाई वृक्षारोपण तथा लेखर्क पाँचधारे जोड्ने सडक जनश्रमदानबाट मर्मत गरिएको छ । शनिबार स्थानीयबासिहरूले लेखर्कको आस्थाको केन्द्र सिंहदेवी मन्दिर परिसरमा सरसफाई गरि वृक्षारोपण गरेका हुन् । स्थानीयको जनश्रमदानमार्फत बाटो विग्रिएको कारण आवतजावतमा समस्या भएपछि वडाको अगुवाईमा स्थानीय आफैले सडक मर्मत गरेका हुन् । सडकको खाल्डा पुर्ने, नाली कटाउने, पर्खाल लगाउने, झाँडी पन्साउने लगायतको काम गरिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्ग जानकारी दिए । वडाले श्रमदानमार्फत विभिन्न विकास निर्माणको काम गर्दै आएको उनको भनाइ छ । वडा सदस्य लक्षमण राई, सिंहदेवी मा. वि. का विदवि. व्य. स. अध्यक्ष कृष्ण राई, प्रहरी चौकी पाँचधारेका इन्चार्ज अर्जुन कठेत, स्थानीय बासि लगाएतको उपस्थिति रहेको थियोे । यस अघि पनि श्रमदान मार्फत पाँचधारे पोखरी आसपास बृक्षारोपनसँगै कपासे खोला, ओइराङको पुरुवा खोला, बुतुङको पहिरो हटाएको र सेल्मेका विभिन्न ठाउँमा पर्खाल लगाउने लगायतको काम गरिएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क