इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरमा छिमेकीको हत्या गरेर फरार रहेका एक व्यक्ति तरहराबाट पक्राउ

सुनसरी / भोजपुरमा छिमेकीको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले ३४ वर्षपछि पक्राउ गरेको छ । २०४६ सालमा एक पुरुषको हत्यामा संलग्न आरोपमा ६१ वर्षीय चक्रबहादुर राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो । भोजपुरको उत्तरी साविक दोभाने गाविस ८ (हाल साल्पासिलिछो गाउँपालिका ५) का राई घटना हुँदा २७ वर्षका थिए । उनले छिमेकी २६ वर्षीय बद्रीकुमार राईलाई खुकुरीले शरीरका विभिन्न भागमा प्रहार गरी बायाँ हातसमेत छिनाएर फरार रहेका थिए । उनलाई उपचारका लागि खाँदबारी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । २०४६ साल कात्तिक १७ गते रातको समयमा बद्रीमाथि खुकुरी प्रहार गरी फरार रहेका उनलाई सुनसरीको इटहरी २० तरहराबाट लुकीछिपी बसेको अवस्थामा असोज ५ गते पक्राउ गरिएको हो । भोजपुरका प्रहरी प्रमुख सुदीपराज पाठकका अनुसार हत्यामा संलग्न अन्य तीनजनाको अझै खोजी भइरहेको छ । २०४६ साल कात्तिक २० गते मुद्दा दर्ता भएको र अनुसन्धानसहित सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा पेश भएको मुद्दामा २०६० साल जेठ २७ गते प्रतिवादीलाई अदालतबाट जन्मकैदको फैसला भएको प्रहरीले बताएको छ । फैसला कार्यान्वयन गर्ने सिलसिलामा जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले सुनसरीको तरहराबाट पक्राउ गरेको हो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क