इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरमा मृग ठानेर बन्दुक पड्काउँदा १८ वर्षीय प्रधानको मृत्यु

सुनसरी : भोजपुर नगरपालिका वडा नम्बर -१२ स्थित टक्सारमा मृग भनेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको मृत्यु भएको छ । असार २२ गते राति मृग भनेर भरुवा बन्दुकले हान्दा भोजपुर नगरपालिका -१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको मृत्यु भएको छ । घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ । घटना असार २२ गते रातिको हो । गोली लागेर साथी मरेपछि उनीहरूले खोलाको बगरमा पुरेका थिए । मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गए राति उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । पुरिएको अवस्थामा फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याएको छ । मृतकका आफन्तले गत असार २४ गते खोजीको लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएलगत्तै आरोपीलाई पक्राउ गरिएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क