इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुर आउदै गरेको वोलेरो छिनामुखुमा दुर्घटनामा हुँदा ११ जना घाईते, ३ गम्भीर घाईते

सुनसरी / काठमाडौँबाट भोजपुर आउदै गरेको वोलेरो टेम्केमैयुङ गाउँपालिका वडा नम्बर- २ छिनामखुको सिर्दलीमा दुर्घटना भएको छ । दिउसो करिब ४ वजे १ ज ६८१६ नम्बरको वोलेरो अनियन्त्रीत भई दुर्घटना हुदा ११ जना घाईते भएका छन् भने ३ जना गम्भीर घाईते भएका छन् । गम्भीर घाईते हुनेमा भोजपुर नगरपालिका वडा नम्बर - ७ बस्ने वर्ष ४९ सिराजसर्मा लुईटेल, ईलाम माङसेवुङ- १ बस्ने वर्ष ३० को सुरेन्द्र राई र मोरङ जिल्ला सुन्दरहरैचा -५ वस्ने वर्ष २४ का निशान राई गम्भीर घाईते भएका छन् । उनीहरु तीनै जनाको अनुहार र छातीमा चोट लागेको प्रहरी जानकारी दिए । घाईते हुनेमा टेम्केमैयुङ गाउँपालिका वडा नम्बर- ६ बस्ने चालक वर्ष २७ का अहिर प्रधान, भोजपुर नगरपालिका वडा नम्बर- ६ बस्ने वर्ष ३० को नविन राई, भोजपुर नगरपालिका वडा नम्बर -४ बस्ने वर्ष ४४ का पुर्ण प्रधान, सोहि ठाउँ बस्ने वर्ष १९ कि सन्ध्या प्रधान, वर्ष ३३ का कौशल हिमाङ, धनकुटा नगरपालिका ७ बस्ने वर्ष ३१ का टेकेन्द्र राई, झापा शिवसतासी २ वस्ने वर्ष ३१ का लोक बहादुर तामाङ र टेम्केमैयुङ गाउँपालिका वडा नम्बर -७ बस्ने वर्ष २५ को सुनिल प्रधान सामान्य घाईते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले बताएको छ । गम्भीर घाईते भएका यशोधरा मा बि टक्सार भोजपुरका शिक्षक सिराजसर्मा लुईटेल र मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका- ५ वस्ने वर्ष २४ का निशान राई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान रेफर गरिएको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क