इन्फो नेपाल — सञ्चारको सञ्जाल

आजदेखि इटहरीको मुख्य चौकको तीन सय मिटर वरपर पार्किङ गर्न नपाइने

सुनसरी / आज देखि इटहरी उपमहानगरपालिकाको मुख्य चौकको तीन सय मिटर वरपर सवारीसाधन पार्किङ गर्न नपाइने भएको छ । सोमवार उपमहानगर परिसरमा सर्वपक्षीय बैठक बसि सडकको मुख्य क्षेत्रमै पार्किङ गर्न नपाइने प्रष्ट प्रावधान स्वायत्त शासन नियमावली १ सय ४७ को अनुसूची १९ मा नगरले व्यवस्था गरेको छ । तर , इटहरी क्षेत्रमा सडक सीमा मिचेर जथाभावी पार्किङ गरिरहेको भन्दै यस्ता पार्किङलाई तत्काल हटाउन इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले निर्देशन दिएका छन् । राजमार्ग क्षेत्रमै पार्किङ गरिदिँदा सहरको स्वरूप बिग्रिएको र वातावरण सँगै पैदल यात्रीहरू पनि प्रत्यक्ष मार्कामा परेको बताउँदै मंगलबारबाट लागु हुने गरि सडक आसपासको तीन सय मिटर वरपरका क्षेत्रमा ट्राफिक प्रहरी र नगर प्रहरीले पार्किङ गर्न नदिनका लागि खटिनेछन् । मुख्य राजमार्ग क्षेत्रमै पार्किङ गरिदिँदा ट्राफिक व्यवस्थापन समेत अस्तव्यस्त बनेको बताउँदै मेयर पौडेलले ट्राफिक प्रहरीलाई पनि राजमार्ग क्षेत्रमा पार्किङ गरिएका कुनै पनि सवारी साधनहरू तत्काल हटाउन निर्देशन दिएका छन् । यता, इटहरीमा निश्चित ठाउँमा पार्किङ स्थल नहुँदा समस्या हुँदै आएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क