इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा खुकुरी प्रहारबाट महिलाको हत्या

हेटौँडा | मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालमा सोमबार दिउँसो एक महिलाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ। हत्या गरी फरार भएका व्यक्ति घटनापछि केही घण्टामै प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ५० वर्षीया तुलमाया गोपालीको हत्या उनका देवर बिमलमान गोपालीले खुकुरी प्रहार गरेर गरेका हुन्। घटना दिउँसो करिब २ः२० बजे भएको हो। टाउको र शरीर छुट्टिने गरी गरिएको प्रहारबाट घटनास्थलमै तुलमायाको मृत्यु भएको थियो।

हत्या पछि फरार रहेका आरोपित बिमलमान गोपालीलाई प्रहरीले थाहा नगरपालिका–३ थानाबजारबाट खुकुरीसहित नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क