हेटौंडाः मकवानपुरमा बसको ठक्करबाट ७० वर्षीया वृद्धको मृत्यु भएको छ । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–५, कुवा स्थित चखेल मातातिर्थ सडक खण्डमा बसको ठक्करबाट ७० वर्षीया कान्छी माया घलानको मृयु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार साँझ मातातिर्थ सडक खण्डमा काठमाण्डौबाट चखेल तर्फ आउँदै गरेको बा २ ख ७२७२ नम्बरको बसमा यात्रा गरि आएकी घलानलाई बसबाट झर्ने क्रममा सोहि बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट शरिरको बिभिन्न भागमा चोट लागि घलान घाइते भएकी थिइन । घाईते घलानलाई उपचारको लागि काठमाण्डौ लगिएको थियो । घलान उपचारको क्रममा काठमाण्डौको बि एण्ड बि अस्पताल राति ८ बजेको समया डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । बस चालक सोहि स्थानका २६ वर्षीय राजकुमार दोङ प्रहरीको नियन्त्रणमा रहेका छन ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…