इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा बाघको आक्रमणबाट ४३ वर्षीय पौडेलको मृत्यु

हेटौंडाः मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ६ खयर घारी गाउँ नजिकै बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका–१, दुबी चौरका ४३ वर्षीय हरी पौडेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शुक्रबार बिहान १० बजेर १५ मिनेटको समयमा उक्त गाउँदेखि २ किलोमिटर दक्षिणतर्फ रहेको राप्ती र लोथर खोलाको मध्यवर्ती क्षेत्र अन्तर्गत दोभानमा खर काट्न आएका पौडेलको बाघको आक्रमणबाट मृत्यु भएको हो । पौडेललाई जंगली बाघले आक्रमण गरी मारेको भन्ने खबर प्राप्त हुन साथ अनुशन्धान तथा मुचुल्काको लागि ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क