इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरलाई ४ अर्ब बजेट, सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकामा

काठमाडौं : आर्थिक वर्ष २०७९/०८० को लागि संघीय सरकारले मकवानपुरका लागि ४ अर्ब २९ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै रकम हेटौंडा उपमहानगरपालिकाले १ अर्बभन्दा धेरै पाउने भएको छ भने सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाले २३ करोड ६२ लाख रुपैयाँ रकम उपलब्ध गराउने भएको छ । कुन स्थानीय तहमा कति ? हेटौंडा : हेटौंडा उपमहानगरपालिकालाई संघीय सरकारले आउँदो आर्थिक वर्ष २०७९/०८० का लागि कुल १ अर्ब ६ करोड ९५ लाख रुपैयाँ बजेट छुट्याएको छ । संघीय सरकारले बजेटमार्फत यो रकम छुट्याएको हो । संघीय सरकारले समानीकरण अनुदानमा उपमहानगरपालिकालाई ३५ करोड ७६ लाख रुपैयाँ, सशर्त अनुदानमा ६८ करोड ४७ लाख रुपैयाँ उपलब्ध गराउने छ । सशर्त अनुदानमा चालुतर्फ २ करोड ७३ लाख र पुँजीगततर्फ २ करोड ७३ लाख रुपैयाँ संघीय सरकारले छुट्याएको छ । थाहा : मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकालाई आगामी आर्थिक वर्ष २०७९/०८० को लागि संघीय सरकारले ४५ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको छ । समानीकरण अनुदानमा नगरपालिकालाई १४ करोड ३६ लाख रुपैयाँ, सशर्त अनुदानमा २९ करोड ७२ लाख, बिशेष अनुदानमा १ करोड रुपैयाँ र समपूरक अनुदानमा ८ लाख रुपैयाँ उपलब्ध गराउने छ । त्यस्तै, चालुतर्फ ४१ करोड २४ लाख र पुँजीगततर्फ ४ करोड ४६ लाख रुपैयाँ संघीय सरकारले उपलब्ध गराउने भएको हो । इन्द्रसरोवर जिल्लाको इन्द्रसरोबर गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले २३ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय सरकारले समानीकरण अनुदानमा ८ करोड १ लाख रुपैयाँ, सशर्त अनुदानमा १२ करोड ९७ लाख, विशेष अनुदानमा १ करोड ५ लाख रुपैयाँ र समपूरक अनुदानमा १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने छ । त्यस्तै, चालुतर्फ २० करोड ५८ लाख र ३ करोड ४ लाख रुपैयाँ संघीय सरकारले बजेट छुट्याएको छ । कैलाश: जिल्लाको कैलाश गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले २९ करोड ५४ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउने भएको छ । समानीकरण अनुदानमा गाउँपालिकालाई १० करोड १८ लाख रुपैयाँ, सशर्त अनुदानमा १७ करोड ६६ लाख, विशेष अनुदानमा १ करोड र समपूरक अनुदानमा ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै, चालुतर्फ २६ करोड ५४ लाख र पुँजीगततर्फ ३ करोड रुपैयाँ संघीय सरकारले उपलब्ध गराउने भएको हो । बकैया : मकवानपुरको बकैयालाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले कुल गाउँपालिकाले ४३ करोड ८३ लाख रुपैयाँ बजेट छुट्याएको छ । बकैयाले समानीकरण अनुदानमा १३ करोड ४१ लाख रुपैयाँ, सशर्त अनुदानमा २८ करोड ९२ लाख, विशेष अनुदानमा १ करोड रुपैयाँ र समपूरक अनुदानमा ५ करोड रुपैयाँ पाउने छ । त्यस्तै, चालुतर्फ बकैयालाई ४० करोड ५२ लाख र पुँजीगततर्फ ३ करोड ३१ लाख रुपैयाँ संघीय सरकारले छुट्याएको छ । बागमती : बागमती गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले ३६ करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बागमतीलाई समानीकरण अनुदानमा ११ करोड ९० लाख, सशर्त अनुदानमा २१ करोड ५२ लाख, विशेष अनुदानमा २ करोड रुपैयाँ र समपूरक अनुदानमा ७ करोड रुपैयाँ बजेट छुट्याइएको छ । त्यस्तै, चालुतर्फ ३१ करोड ४९ लाख पुँजीगततर्फ ४ करोड ७३ लाख रुपैयाँ संघीय सरकारले उपलब्ध गराउने भएको हो । भीमफेदी: भीमफेदी गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले ३५ करोड ५९ लाख रुपैयाँ बजेट छुट्याएको छ । भीमफेदीमा समानीकरण अनुदानमा ११ करोड २६ लाख, सशर्त अनुदानमा २० करोड ७६ लाख, विशेष अनुदानमा ६ करोड रुपैयाँ र समपुरक अनुदानमा ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै, चालुतर्फ ३० करोड ५३ लाख र पुँजीगततर्फ ५ करोड ६० लाख रुपैयाँ संघीय सरकारले बजेट छुट्याएको छ । मकवानपुरगढी मकवानपुरगढी गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले ३७ करोड ७९ लाख रुपैयाँ छुट्याएको छ । मकवानपुरगढीले समानीकरण अनुदानमा ११ करोड १९ लाख, सशर्त अनुदानमा २२ करोड ७० लाख, विशेष अनुदानमा १ करोड ७० लाख रुपैयाँ र समपूरक अनुदानमा २ करोड २० लाख रुपैयाँ पाउने छ । त्यस्तै, चालुतर्फ ३२ करोड ५४ लाख र पुँजीगततर्फ ५ करोड २५ लाख रुपैयाँ संघीय सरकारले छुट्याएको छ । मनहरी: मनहरी गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले ३७ करोड १८ लाख रुपैयाँ बजेट छुट्याएको छ । समानीकरण अनुदानमा गाउँपालिकालाई १३ करोड ७७ लाख, सशर्त अनुदानमा २० करोड ७१ लाख, विशेष अनुदानमा १ करोड ६० लाख रुपैयाँ र समपूरक अनुदानमा १ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, चालुतर्फ ३२ करोड ९३ लाख र पुँजीगततर्फ ४ करोड २५ लाख रुपैयाँ संघीय सरकारले दिने छ । राक्सिराङ: राक्सिराङ गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले ३२ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये समानीकरण अनुदानमा १० करोड ७७ लाख, सशर्त अनुदानमा १९ करोड ४२ लाख, विशेष अनुदानमा १ करोड ५० लाख रुपैयाँ र समपूरक अनुदानमा १ करोड २० लाख रुपैयाँ रहेको छ । त्यस्तै, चालुतर्फ २९ करोड ५५ लाख र पुँजीगततर्फ ३ करोड ३४ लाख रुपैयाँ संघीय सरकारले विनियोजन गरेको छ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

आज बिहान काठमाण्डौ विश्वका प्रदूषित शहरहरुको सूचीमा ५औं स्थानमा

काठमाण्डौँ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था (आईक्यू एयर) ले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्ड…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

सरकार फेरिएको लामो समय बित्दासमेत बागमती प्रदेशसभाले पाएन सभामुख, बैठकसमेत अनिश्चित

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठन भइसकेको लामो समय बितिसक्दासमेत प्रदेशसभाले अझै सभामुख पाउन सकेको छैन। मन्त्री पदको भागबण्डा मिलाउन सक्रिय दलहरूबीच सभामुख चयनको विषयमा सहम…

इन्फो डेस्क