इन्फो नेपाल — सञ्चारको सञ्जाल

मनकामना केबलकार आजदेखि सञ्चालनमा

गोरखा- प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर पुग्ने मनकामना केबुलकार आजदेखि सञ्चालनमा आएको छ । विद्युत आपूर्तिमा समस्या आएपछि बन्द भएको केबलकार प्यानल बोर्डमा क्षति पुगेपछि ११ दिनपछि नियमित सञ्चालनमा आएको छ । केबुलकार उत्पादन गर्ने अष्ट्रियाको डोप्पेलमेयर कम्पनीबाट सामान ल्याएपछि केबुलकार मर्मत गरी सञ्चालनमा ल्याइएको सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए । हिजो राति मर्मतको काम सकिएपछि आज बिहानदेखि केबुलकार सञ्चालनमा ल्याइएको उनले बताए । विद्युत आपूर्तिमा अवरोध आएपछि बिग्रिएको केबलकारको प्यानल बोर्ड परिवर्तन गर्नुपर्ने श्रेष्ठले बताए । स्टेसन म्यानेजर उज्ज्वल शेरचनले उपकरण जडान र परीक्षणपछि केबलकार नियमित सञ्चालनमा रहेको बताए । प्यानल बोर्डमा पुस ११ गते आगलागी भएपछि मनकामना केबुलकार गत पुस १२ गते मंगलबारदेखि पूर्णरुपमा बन्द भएको थियो ।११ दिनदेखि बन्द रहेको केबुलकार सञ्चालनमा आएसँगै दर्शन गर्न जाने भक्तजनको भीड लागेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क