इन्फो नेपाल — सञ्चारको सञ्जाल

मन्त्रीको प्रगतिमा वडादेखि चीनसँगको सहकार्य

हेटौंडा |वागमती प्रदेशका कृषि तथा पशुपक्षी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले आफ्नो १४ महिने कार्यकालको विस्तृत प्रगति विवरण सार्वजनिक गरेका छन् । २०८० जेठ ७ गतेदेखि हालसम्म अवधिमा मन्त्रालयबाट भएका मुख्य उपलब्धि र आगामी योजनाबारे उनले सोमबार पत्रकार भेटमा विस्तृत जानकारी दिएका हुन् ।

डा. श्रेष्ठले आफ्नो कार्यकालमा नीतिगत् सुधार एवम् मन्त्रालयको कार्यसम्पादनमा वृद्धि र सुधार ल्याउने प्रयास गरेको बताए । उनका अनुसार प्रदेश कृषि विकाससम्बन्धि विधेयक, २०८० बारे प्रदेशसभाको विषयगत् समितिमा छलफल भएको छ । उक्त ऐन निर्माण भए प्रदेश कृषि विकासमा उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रदेशमा माटोको गुणस्तरमा सुधार ल्याउन एवम् रासायनिक मलको समस्या समाधान गर्न ‘एक प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र–एक प्रांगारिक मल कारखाना’ स्थापना कार्यक्रम शुरु गरिएको उनले बताए । गत आर्थिक वर्षमा ७ जिल्लाका ७ पालिकामा उक्त कार्यक्रम लागु गरिएको र चालु वर्ष थप ७ कारखाना स्थापना गर्ने योजना रहेको जानकारी दिएका उनले उक्त कार्यक्रमले प्रदेशभर प्रांगारिक मल उत्पादनमा वृद्धि र किसानलाई गुणस्तरीय मल उपलब्ध गराउने लक्ष्य राखिएको बताए ।

मन्त्री श्रेष्ठले प्रदेशको दोस्रो आवधिक योजना (२०८१÷८२–२०८५÷८६) प्रदेश मन्त्रिपरिषद्बाट स्वीकृत गराउन सफल भएको बताए । उक्त योजनामा कृषिक्षेत्रको आधुनिकीकरण र व्यावसायीकरणमा जोड दिइएको छ । कृषि विकासका माध्यमबाट प्रदेशको समृद्धिमा सघाउ पुग्ने विश्वास लिइएको छ । उनले उक्त योजनामा किसानकेन्द्रित नीति र कार्यक्रम समावेश गरिएको र यसले दीर्घकालीनरुपमा प्रदेशको कृषिक्षेत्र रुपान्तरण गर्ने आशा व्यक्त गरे । उनले मन्त्रालय र मातहत कार्यालयहरुको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि २१ वटा नयाँ तथा ३ वटा पुराना कार्यविधि संशोधन स्वीकृत गरिएको जानकारी दिए ।

मन्त्रालयअन्तर्गत् सबै ३६ कार्यालय अनुगमन/निरीक्षण गरी आवश्यक सुझाव प्रदान गरिएको र सुशासन तथा कार्यसम्पादनमा सुधार गर्न निर्देशन दिइएको बताए । यस कदमले प्रदेशको कृषि प्रशासनमा पारदर्शिता र जवाफदेहिता बढाउने उनको विश्वास छ ।

कार्यक्रमगत् उपलब्धिमा डा. श्रेष्ठले लम्पीस्किन डिजिज नियन्त्रणका लागि १ हप्ते अभियान चलाइ ४८ हजार ३ सय ६४ गाईमा निःशुल्क खोप लगाइएको, प्राकृतिक र गैरप्राकृतिक विपद्बाट प्रभावित किसानलाई राहत प्रदान गरिएको, र भेंडाबाख्रामा लाग्ने पीपीआर रोग नियन्त्रणका लागि व्यापक खोप अभियान सञ्चालन गरिएको उल्लेख गरे । यी कार्यक्रमले प्रदेशको पशुपालन क्षेत्रमा ठूलो राहत र सुधार ल्याएको उनको दाबी छ ।

उनले प्रदेशका ८ जिल्लाका १० स्थानमा शीतभण्डारको निर्माण ८६ प्रतिशत् सम्पन्न भएको भन्दै ती शीतभण्डारले करिब १५ हजार ८ सय मेट्रिकटन फलफुल तथा तरकारी भण्डारण गर्नसक्ने क्षमता राख्ने उल्लेख गरे । ‘यसले किसानलाई आफ्नो उत्पादन लामो समयसम्म सुरक्षित राख्न र बजार मूल्यअनुसार बेच्न मद्धत गर्नेछ,’ उनले भने ।

चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयको कुल बजेट ३ अर्ब ३९ करोड ३४ लाख २० हजार प्रस्ताव गरिएको जानकारी दिँदै उनले यसबाट प्रदेशको कृषिक्षेत्रले ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे । उक्त बजेटमा समुदायमा आधारित ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रम, प्रांगारिक मल कारखाना स्थापना, कृषिऋणमा सहुलियत व्याज अनुदान र पशुरोग नियन्त्रण खोप अभियान जस्ता महत्वपूर्ण कार्यक्रम समावेश छन् ।

डा. श्रेष्ठले आफ्नो कार्यकालमा चीनको चियाङ्सी प्रान्तसँग कृषि, शिक्षा र प्रविधि विकासको क्षेत्रमा सम्भावित सहकार्य र समन्वयका लागि पहल गरिएको पनि उल्लेख गरे । उक्त सहकार्यले प्रदेशको कृषिक्षेत्रमा नयाँ प्रविधि र ज्ञान भित्र्याउने उनको अपेक्षा छ ।

मन्त्री श्रेष्ठले आगामी दिनमा पनि प्रदेशको कृषिक्षेत्र विकासमा आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे । उनले भने, " १४ महिना छोटो कार्यकालमा हामीले धेरै महत्वपूर्ण काम गर्न सफल भयौं । यी कार्यक्रमहरुले प्रदेशको कृषिक्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछन् भन्ने विश्वास छ । हामीले थालेका कार्यक्रमलाई निरन्तरता दिइयो भने प्रदेश कृषिक्षेत्रमा आत्मनिर्भर र समृद्ध बन्नेछ ।"

केन्द्रदेखी प्रदेशसम्म सत्ता समीकरण परिवर्तनसँगै कामचलाउ मन्त्रीका रुपमा रहेका मन्त्री डा. श्रेष्ठले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो १४ महिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

आज बिहान काठमाण्डौ विश्वका प्रदूषित शहरहरुको सूचीमा ५औं स्थानमा

काठमाण्डौँ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था (आईक्यू एयर) ले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्ड…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

सरकार फेरिएको लामो समय बित्दासमेत बागमती प्रदेशसभाले पाएन सभामुख, बैठकसमेत अनिश्चित

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठन भइसकेको लामो समय बितिसक्दासमेत प्रदेशसभाले अझै सभामुख पाउन सकेको छैन। मन्त्री पदको भागबण्डा मिलाउन सक्रिय दलहरूबीच सभामुख चयनको विषयमा सहम…

इन्फो डेस्क