इन्फो नेपाल — सञ्चारको सञ्जाल

मन्त्री चौधरीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल 'युएन वुमन' सम्मेलनमा सहभागी हुँदै

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा न्युयोर्कमा आयोजित हुन लागेको 'युएन वुमन'को ६८औं अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको नेतृत्वमा ७ सदस्यीय प्रतिनिधिमण्डल मार्च ११ देखि २२ सम्म न्युयोर्कमा आयोजना हुने सम्मेलनमा सहभागी हुनेछ। उक्त प्रतिनिधिमण्डलमा सचिव सुमनराज अर्याल र दुईजना सहसचिव समेत रहनुहुनेछ। यस्तै, सम्मेलनमा राष्ट्रिय महिला आयोगका ३ पदाधिकारी र २ कर्मचारी, राष्ट्रिय योजना आयोगबाट महिला विषय हेर्ने सदस्य, समाज कल्याण परिषद्का २ प्रतिनिधि र अन्य महिला अधिकारकर्मीहरुको पनि सहभागिता रहनेछ। अघिल्लो सरकारले गरेको यस सम्मेलनमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णयलाई नयाँ सरकारले निरन्तरता दिएको मन्त्रालयको सचिवालयले बताएको छ। त्यस्तै, मन्त्रालय आफैँले प्रतिनिधिमण्डलको खर्च व्यहोर्ने र अन्य प्रतिनिधिहरुले आफ्नै खर्चमा सहभागी हुने पनि जनाइएको छ। उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वभर महिलाहरुको अवस्थाबारे छलफल हुने अपेक्षा गरिएको छ भने महिला अधिकारको संरक्षण र सशक्तिकरणसम्बन्धी महत्वपूर्ण निष्कर्ष पनि निकाल्ने विश्वास लिइएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क