इन्फो नेपाल — सञ्चारको सञ्जाल

ममी मैले गल्ती गरेँ, मलाई माफ गरिदिनू भन्दै कक्षा-९ मा अध्ययनर किशोरीले गरिन सुसाइड

काठमाडौँ- काठमाडौँको बुद्धनगरमा निर्माणाधीन साढे ६ तले घरबाट हामफालेर किशोरकिशोरीको बुधबार साँझ मृत्यु भयो। प्रहरीका अनुसार उक्त निर्माणाधीन घरको छैँटाैँ तलामा रहेका ती किशोरकिशोरीको खसेर ज्यान गुमेको हो। उनीहरूको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपि दिनेश राज मैनालीले बताएका छन्। उनीहरू दुवैजना मध्यबानेश्वरस्थित पाठशाला स्कुलमा कक्षा-९ मा अध्ययनरत थिए। भारतको बिहार स्थायी घर भइ काठमाडौंको पेप्सीकोलामा बस्दै आएका १४ वर्षीय किशोर र काठमाडौँकै घट्टेकुलो बस्दै आएकी १४ वर्षीया किशोरीको मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार उनीहरू दुवैजना विद्यालय पोशाकमा स्कुल गएका थिए। विद्यालय पोशाकमै उनीहरूले निर्माणाधिन घरबाट हामफालेर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताएका छन्। प्रहरीले मृत किशोरीको ‘स्कुल ‘ब्याग’मा ‘सुसाइड नोट’ भेटिएको बताएको छ। अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘किशोरीको ब्यागमा सुसाइड नोट भेटिएको छ। सुसाइड नोटमा ममी मैले गल्ती गरेँ मलाई माफ गरिदिनु लगायतका कुराहरू लेखिएको छ।’ यद्यपि घटना र सुसाइड नोटबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरू दुईजना प्रेम सम्बन्धमा रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। प्रेम सम्बन्धमा रहेकै कारण उनीहरूबीच विवाद हुँदा आत्महत्याको बाटो रोजेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको ती अधिकारीले बताएका छन्। प्रहरीले घटनास्थल वरपरको सीसीटीभी फुटेज संकलन गरिरहेको र घटनाको प्राविधिक पाटोबाट समेत अनुसन्धान भइरहेको परिसरका एसपी मैनालीले बताएका छन्। मैनालीका अनुसार उनीहरू विद्यालय पोशाकमै कसरी त्यहाँसम्म पुगे? कसरी आत्महत्याको बाटो रोजे लगायतका कुराहरूबारे भने अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क