इन्फो नेपाल — सञ्चारको सञ्जाल

माघ १ गतेबाट कोशी प्रदेशका अन्तरपालिका स्तरिय ‘प्रथम पौवादुङमा गोल्ड कप’ हुने

भोजपुर / भोजपुरमा कोशी प्रदेशका अन्तरपालिका स्तरिय ‘प्रथम पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’ हुने भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यावस्थापनमा माघ १ गतेबाट ९ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगिता सञ्चालनका विषयमा गाउँपालिका केन्द्र च्याङ्ग्रेमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । फिफा तथा एन्फासँगै आयोजकको नियम अनुसार पौवादुङमा गाउँपालिकाको रंगाशालामा प्रतियोगिता सञ्चालन हुने पत्रकारसम्मलेन मार्फत जानकारी दिइएकोे छ । प्रतियोगितामा विदेशी तथा अन्य पालिका र जिल्लाका खेलाडीहरुलेसमेत सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु.तीन लाखसहित ट्रफि,मेडल र प्रमाण पत्र पाउने छ भने द्धितिय हने टिमले नगद रु. दुई लाख मेडल र प्रमाण पाउने पौवादुङमा गोल्ड कप तथा माघिमेला कार्यक्रम –२०८० आयोजक समिति अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिए । प्रतियोगितामा पुरुष तर्फ आयोजकसहित १६ टिम र महिला तर्फ आयोजकसहित आठ टिम मात्र सहभागिता जनाउन पाउने अध्यक्ष आलेको भनाइ छ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट डिफेन्डरलाई जनहि रु. पाँच हजारका साथमा ट्रफि र उत्कृष्ट खेलाडीले नगद रु. १५ हजार साथमा ट्रफि दिइने आयोजक समितिका सचिव देउमान राईले पत्रकारसम्मेलनमा जानकारी दिए । त्यस्तै महिला तर्फ प्रथम हुनेले नगद रु. ६० हजार, द्धितिय नगद ४० हजारसहित प्रमाण पाउने जनाइएको छ । खेल क्षेत्रको विकाससँगै युवा,बालवालिकाहरुको शरिरिक तथा मानसिक विकासका लागि गाउँपालिकाले गोल्ड कप प्रतियोगिता सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । प्रतियोगिता सञ्चालनले यहाँको पर्यटन क्षेत्रको विकासमासमेत टेवा पुग्ने अध्यक्ष राईको भनाइ छ । प्रतियोगिता तथा माघिमेलामा पत्रु खाना (जङ फुड) निषेध गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिए । गाउँपलिकाले पत्रुखानाको खानालाई निरुत्साहित गर्ने लक्ष्यका साथ काम गरिरहेकोले यस्ता खालका खानाहरुको विक्री वितरणमा रोक लगाइएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क