इन्फो नेपाल — सञ्चारको सञ्जाल

मासिक ६० हजार कमाइको प्रलोभन दिने एकेएम ग्रुपमा इटहरी सरकारको छापा मार्यो

सुनसरी / सामाजिक सञ्जालहरुमा आर्कषक तलव देखाएर बिज्ञापन गर्ने इटहरीको एक कम्पनीमा इटहरी उपमहानगरपालिकाले छापा मारेको छ । फेसबुकमा सहजै मासिक ५० देखि ६० हजार कमाई हुने भन्दै विज्ञापन गर्ने एम के गु्रपमा उपमहानगरले आईतवार दिउँसोअनुगमन गरेको हो । लामो समयदेखि सामाजिक सञ्जालमा अडियो, भिडियो तथा पर्चामार्फत विज्ञापन प्रकाशन गरेको देखिएपछि सर्वसाधारणलाई ठगीबाट बचाउन आइतबार छापा मारिएको उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जानकारी दिए । उनका अनुसार ग्रुपले विज्ञापनबाट विशेषतः कलेज पढ्ने युवाहरूलाई आकर्षित गरी आफ्नो ब्राण्डका सामानको मार्केटिङका लागि परिचालन गर्ने गरेको देखिएको छ । उपमहानगरपालिकाको टोली छापा मार्न पुगेपछि भने सो ग्रुपले मार्केटिङकै कामका लागि मानिसलाई आकर्षित गरिएको स्वीकार गर्दै आइन्दा यस्तो विज्ञापन नगर्ने बताएको मेयर पौडेलले उल्लेख गरेका थिए । यद्धपि, कम्पनीका कागजातसहित पालिकामा उपस्थित हुन सञ्चालकलाई निर्देशन दिइएको उनले प्रष्ट पारे । घटनालाई इलाका प्रहरी कार्यालय इटहरीले पनि नजिकबाट हेरिरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) माधव काफ्लेले जानकारी दिए । यस किसिमका भ्रामक विज्ञापन प्रकाशन गर्नु गैरकानूनी काम भएको भन्दै उनले तत्काल नरोके कारबाही गर्ने चेतावनी दिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क