इन्फो नेपाल — सञ्चारको सञ्जाल

मुकुन्द - इन्दिरा दम्पतीलाई पुत्रीलाभ

काठमाडौं / सामाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरे ‘मुकुन्दे’ को धर्मपत्नी इन्दिरा संग्रौलाले छोरीलाई जन्म दिएकी छिन् । २०७८ साल मंसिर २७ गते विवाह बन्धनमा बाँधिएका जोडिले पहिलो सन्तानको रूपमा हिजो बुधबार भक्तपुर अस्पतालमा छोरीलाई जन्म दिएको हो । ०३५ सालमा भोजपुरमा जन्मिएका मुकुन्देले ४३ वर्षको उमेरमा विवाह गरेका हुन् । विभिन्न अन्तरवार्तामा उनले इन्दिराको नाम लिने गरेका थिए । झापाको कन्काई नगरपालिका- ५ डाडाँगाउँ घर भएकी इन्दिरासँग गत मंसिरमा उनले विवाह गरेका हुन् । २०५८ देखि २०७० सम्म रत्नपार्कका रुखमाथि चढेर भाषण गरी चर्चामा कमाएका मुकुन्दे अर्थात् मुकुन्द घिमिरेले आफ्नो ट्वीटर एकाउन्टमार्फत अघि सारेको राष्ट्र निर्माणको योजना गरेका थिय ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क