इन्फो नेपाल — सञ्चारको सञ्जाल

मुगुमा एकै परिवारका चारजनाको हत्या

काठमाडौं: मुगुस्थित एक गाँउमा आमासहित दुई छोरा र एक छोरीको हत्या भएको छ । छाँयानाथ रारा नगरपालिका वडा नम्बर- ६ मन्दु गाउकी २६ वर्षिया श्रीदेवि बोहोरा र उनका ११ वर्षिय छोरा मनोज बोहोरा, एक वर्षिया छोरा रहर बोहोरा र ७ वर्षिया छोरी अप्सरा बोहोराको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाका अनुसार शुक्रवार विहान ११ बजे खबर पाउना साथ घटना स्थलमा विस्तृत विवरण बुझ्न प्रनाउ थापाको नेतृत्वमा प्रहरी पुगेको थियो । प्रारम्भिक अनुसन्धान अनुसार मृतक आमा श्री देवि बोहोरा छोरा छोरी सहित ७ गते विहान दशै टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए । ८ गते वेलुका घर फर्केका उनीहरुको सोही राती हत्या भएको अनुमान गरिएको छ । ९ गते विहानै देखि घर बाहिर ताला लगाएको देखिए पछि छिमेकिहरुले विहानै सिमि टिप्न खेत गरा तिर गएका होलान सोचेका रहेछन १० गते विहान पनि घरमा ताला लगाएको देखेपछि गाउलेहरुले फेरि माइती गएकी भनी माइतिमा फोन गर्दा ८ गते नै फर्केको जानकारी दिएपछि गाउलेहरुले शुक्रबार विहान १० बजे तिर ढोकाको ताला तोडि भित्र हेदा चारै जना मृत अवस्थामा फेला परेका थिए । मृतकमा श्रीमान बैदेशिक रोजगारीमा गएका छन् । हत्या किन भयो भन्ने खुृल्न सकेको छैन । सबै क्षेत्रबाट विस्तृत अनुसन्धान गरि हत्यारा पत्ता लगाइ कानुनको कठघरामा उभ्याइ छाड्ने प्रनाउ विरेन्द्र थापाले बताए । हत्या गरिएका चारै जनाको लास पोष्ट मार्टमका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ । घटना स्थल जिल्ल सदरमुकाम गमगढीबाट ३ घण्टा पैदल दक्षिण पुर्वमा रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क