इन्फो नेपाल — सञ्चारको सञ्जाल

मृत भेटिएकी रोशनी शाहीको सुसाइड नोट फेला, छोरालाई सम्बोधन गर्दै लेखिएको थियो ‘जीवनदेखि हार खाएँ’

भक्तपुर | भक्तपुरको सूर्यविनायकमा आइतबार मृत अवस्थामा फेला परेकी रोशनी शाहीको दुई पृष्ठ लामो सुसाइड नोट फेला परेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी ढुण्डिराज नेउपानेका अनुसार उक्त नोटको हाल परीक्षण प्रक्रिया अघि बढाइएको छ।

जेठ ११ गते दिउँसो सूर्यविनायक नगरपालिका–३ स्थित बालकोट वृहस्पति मार्गमा लक्ष्मीश्वर महतोको घरको पहिलो तलामा शाही मृत भेटिएकी थिइन्। शवसँगै फेला परेको नोटमा उनले आफ्ना छोरालाई सम्बोधन गर्दै ‘जीवनदेखि हार खाएँ’ भन्ने शब्द लेखेकी छन्।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, रोशनीले नोटमा लेखेकी छन्,  “छोरा, मैले तिम्रो भविष्यका लागि केही गर्न सकिनँ। जीवनदेखि हार खाएँ। तिमीलाई पैसा पठाउन नसके आत्महत्या गर्छु भनेर सोचिरहेकी थिएँ।”

उनले बाँकेको कोहलपुरमा रहेको १७ कट्ठा सम्पत्तिको विवरण समेत उल्लेख गरेकी छन्। शाहीका छोरा अमेरिका र छोरी पनि विदेशमा बस्दै आएका छन्।

शाहीका श्रीमान चित्रजंग शाही १५ दिनअघि विराटनगर गएका थिए। लामो समयसम्म ढोका नखुल्दा घरधनीले उनीसँग सम्पर्क गरी जानकारी दिएका थिए। चित्रजंगकै आग्रहमा प्रहरीको उपस्थितिमा जनप्रतिनिधिको रोहबरमा ढोका फुटाइएको र त्यसपछि शाहीलाई घोप्टो परेको अवस्थामा मृत भेटिएको भक्तपुरका डीएसपी नेउपानेले जानकारी दिए।

शाहीले ओभरडोज औषधी सेवन गरेको आशङ्का गरिएको छ। अनुसन्धान टोलीका अनुसार, डिप्रेसनको औषधी सेवन गर्ने भएकाले मृत्युको कारण पोस्टमार्टम र भिसेरा परीक्षण पश्चात् मात्र यकिन हुनेछ।

उनको शव हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क