इन्फो नेपाल — सञ्चारको सञ्जाल

मेडिकल कलेज र शिक्षक अस्पताल : देउवा र दाहाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापनाको लागि सम्भाव्यता अध्ययन र गुरुयोजना निर्माण गर्न १ करोड रुपियाँ विनियोजन गरिएको छ । प्रम देउवा र उहाँकी पत्नी एवं सांसद आरजु राणाले स्थानीय तह निर्वाचन प्रचारका क्रममा डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने घोषणा गर्नुभएको थियो । सोही आधारमा विश्वविद्यालय अनुदान आयोगले बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयलाई अनुरोध गरेको थियो । प्रधानमन्त्रीको गृहजिल्लामा मेडिकल कलेज निर्माण, सम्भाव्यता अध्ययन र गुरुयोजना तयार गर्न अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो । त्यस्तै, प्रम देउवाकै निर्देशनमा धनगढीको गेटा मेडिकल कलेज सञ्चालन गर्न ४४ करोड रुपियाँ बजेट छुट्टयाएको छ । दुई दिनअघि धनगढी पुगेका प्रम देउवाले गेटा मेडिकल कलेज तत्काल सञ्चालन गर्ने बताउनुभएको थियो । प्रम देउवाकै जोडबलमा अर्थ मन्त्रालयले गेटा मेडिकल कलेजका लागि सःशर्त पुँजीगत अनुदान शीर्षकबाट ४० करोड र चालु अनुदान शीर्षकमा ४ करोड रुपियाँ विनियोजन गरिएको छ । प्रम देउवाले गृहजिल्लामा मेडिकल कलेज स्थापना गर्नका लागि जग्गालगायत भौतिक पूर्वाधार तयार गर्न स्थानीय तहलाई निर्देशन दिइसक्नुभएको छ । सोही आधारमा अहिले सम्भाव्यता अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत विश्वविद्यालय अनुदान आयोगमार्फत् उक्त रकम अर्थमा पेस गरेको हो ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ । त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो निर्वाचन क्षेत्रमा शिक्षक अस्पताल निर्माणका लागि आगामी आवमा सम्भाव्यता अध्ययन र गुरुयोजना निर्माण गर्न ४९ लाख रुपियाँ बजेट राखिएको छ । यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयद्वारा गठन गरिएको समितिले मन्त्री देवेन्द्र पौडेललाई चितवनमा अस्पताल निर्माण गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा मन्त्रालयले बजेट विनियोजन गरेको हो । त्यस्तै, पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलको पहलमा रेल्वे इन्जिनियरिङ अध्ययनका लागि पूर्वाधार विकास गर्न १ करोड रुपियाँ विनियोजन गरिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क