रौतहट - मोटरसाइकलले ठक्कर दिँदा सर्लाहीमा एक जना वृद्धको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५८ प १८१६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा लालबन्दी नगरपालिका ७ दुर्गा मन्दिर चोकका पैदल यात्री ७० वर्षीय मौजे साह रौनियारको मृत्यु भएको हो।
रौनियारलाई लालबन्दी राजमार्ग अन्तर्गत लालबन्दीस्थित पुरानो नगरपालिका कार्यालय अगाडि मोटरसाइकलले बिहीबार ठक्कर दिँदा गम्भीर घाइते भएका भएका थिए। गम्भीर घाइते रौनियारलाई लालबन्दीस्थित मोडेल अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि न्युरो अस्पताल बारा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालयले जनाएका छन्।
प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालक महोत्तरीको गौशाला नगरपालिका ८ का २२ वर्षीय अनिल मगरलाई नियन्त्रणमा लिएको छ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…