इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

मकवानपुर: मकवानपुरमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । बुधबार विहानै ६:४० मा हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौडातर्फबाट नवलपुरतर्फ जाँदै गरेको ना.४३ प २२२ नम्बरको मोटरसाइकलले पि.टि. दौडिँदै गरेका एडीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते भएका डडेल्धुरा स्थायी घर भइ हाल बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षीय प्रहरी जवान बिनोद एडीको उपचारको लागि हेटौँडा अस्पताल लगिएको थियो। उनको अस्पतालले विहान ७:३० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । उक्त घटना पश्चात् मोटरसाइकलसमेत अनियन्त्रित भइ पल्टिँदा मोटरसाइकल चालक हेटौडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्रचौर निवासी ४१ वर्षीय लक्ष्मण लामासमेत गम्भीर घाइते भएका र उनको उपचारको लागि मेडिकल कलेज चितवन लगिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

हेटौंडा–कुलेखानी सडक आज बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

हेटाैडा । मकवानपुर प्रशासनले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी सडक आज एक दिनको लागि बन्द गरेको छ । मकवानपुरको हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउजाउ गर्ने गाडी आज शुक्रब…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते