इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोटरसाइकलमा मोवाइल होल्डर राखे २० हजारसम्म जरिवान !

काठमाडौं । राइडिङ एण्ड सेयरिङ कम्पनीमा आवद्ध मोटरसाइकल चालकलगायत युवाहरुले मोवाइल स्ट्यान्ड, गो प्रो स्ट्याण्ड राखेर हिड्दा दुर्घटना बढेको भन्दै महानगरिय ट्राफिक प्रहरी कार्यालयले कारवाही गर्ने भएको छ । यो नियम देशभरका मोटरसाइकल तथा स्कुटर चालकहरुमा लागु गर्न लागिएको हो । सवारीसाधनमा यसरी स्ट्याण्ड राख्दा साधन मोडिफाइ हुने कानुन आकर्षित हुनेभन्दै त्यसलाई नियन्त्रण गर्न लागिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अहिले बाटोमा मोबाइल हेर्दै मोटरसाइकल तथा स्कुटर चलाउने बढेकोले दुर्घटनासमेत बढ्न थालेकोले यसरी गैह्रकानुनी तरिकाले स्ट्याण्ड प्रयोग गर्ने चालकलाई ५०० देखि २ हजारसम्म जरिवान गर्ने ब्यवस्था यातायात कानुनमा रहेको छ । ट्राफिक प्रहरीले अहिले चालकलाई सम्झाई बुझाई गर्नेदेखि न्यूनतम जरिवाना लिने गरेको भएपनि चाँडै सिधै कारबाहीको अभियान चलाउन लागिएको ट्राफिक प्रहरी प्रबक्ता रोजेन्द्रप्रसाद भट्टले जानकारी दिए । ट्राफिक प्रहरीले यातायात कार्यालयलाई न्यूनतम पाँच हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था गर्न सुझाव दिएको छ ।

सम्बन्धित समाचार

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

वायु प्रदूषणले तराईको आकाश धुम्मियो, बुटवल र झापामा उच्च प्रदूषण

काठमाडाैँ । तराई क्षेत्रमा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ। पश्चिमको कैलालीदेखि पूर्वको झापासम्मको आकाश धुम्मिएको छ भने बुटवल र झापाको वायु गुणस्तर 'निकै अस्वस्थकर' श्रेणीमा…

इन्फो डेस्क