इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङको छुट्टाछुट्टै स्थानमा एक बालकसहित दुई मृत फेला

कोशी | मोरङको रंगेली र जहदामा एक जना बालकसहित २ जना मृत फेला परेका छन् । रंगेली नगरपालिका–८ स्थित दर्वेशाका विकास चुरैटेको १ वर्षीय छोरा समर चुरैटेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो पौन १ बजेतिर आफ्नै घरको कलको पानी जम्मा हुने खाल्डोमा डुबी घाइते भएका समरलाई तत्कालै उपचारका लागि रंगेली अस्पताल ल्याएर चिकित्सकले चेक जाँच गर्ने क्रममा सवा १ बजेतिर मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दोहमनाको प्रहरी टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । त्यस्तै, जहदा गाउँपालिका–४ स्थित सिसौबारी टोलमा रंगेली नगरपालिका–२ बबियाबिर्ताका ३२ वर्षीय महेश हस्दा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सिसौबारी टोलस्थित रोडको नालामा तत्काल पहिचान नखुलको पुरुष व्यक्ति मृत अवस्थामा छ भन्ने खबर बिहीबार बिहान पौन ९ बजेतिर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय पोखरियाको टोली पुगेर घटनास्थललाई सुरक्षित बनाएको थियो ।

मृतकको पहिचान र घटनाको अनुसन्धान गर्ने क्रममा उनको पहिचान खुलेको हो । रुबिना मुर्मले मृत अवस्थामा भेटिएका हास्दा आफ्नो श्रीमान रहेको बताएकी थिइन् ।इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काको टोलीले घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क