इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङको रंगेलीमा दुर्घटना हुँदा १ जनाको मृत्यु

मोरङ| मोरङको रंगेलीमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन्। घटना रंगेली नगरपालिका–१ को भित्री सडकखण्डमा दिउँसो १२:३० बजे भएको हो। प्रदेश १–०४–००१ त १००४ नम्बरको ट्याक्टरले को ६ प ६५४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो।

ट्याक्टरले ठक्कर दिएपछि मोटरसाइकल अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दियो। दुर्घटनामा मोटरसाइकल चालक धनपालथान गाउँपालिका–१ का ४५ वर्षीय रामबहादुर माझी थारु गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भयो।

ठक्करबाट पैदलयात्री सिटुरु ऋषिदेव, जो धनपालथान गाउँपालिका–६ का ४५ वर्षीय व्यक्ति हुन्, गम्भीर घाइते भएका छन्। साथै, मोटरसाइकलको पछाडि सवार रामबहादुरकी पत्नी मंगली चौधरी (अन्दाजी ३६ वर्ष) पनि दुर्घटनामा सामान्य घाइते भएकी छन्। दुबै घाइते व्यक्तिहरूको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले घटनामा संलग्न ट्याक्टर चालक, धनपालथान गाउँपालिका–४ का २० वर्षीय रविन मण्डललाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क