इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङमा दुई फरक दुर्घटना, २ जनाको मृत्यु

मोरङ | मोरङको केराबारी र पथरीशनिश्चरेमा आइतबार सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । फरक फरक ठाउँमा दुर्घटनामा ६ जना घाइते भएका छन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार मदन भण्डारी लोक मार्गअन्तर्गत केराबारी गाउँपालिका–५ बगैँचा चोकमा बा ११ च २९२८ नम्बरको पिक अप भ्यानले प्रदेश १–०२–००२ ह ९२४४ नम्बरको अटो ट्याम्पोलाई ठक्कर दिएको थियो । दिउँसो २ः४५ बजेतिर दुर्घटना हुँदा अटो चालक केराबारी–६ का ४५ वर्षीय मेखबहादुर मगरको मृत्यु भएको छ । गम्भीर घाइते भएका मगरलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको हो । सोही दुर्घटनामा परेर ५ जना घाइते भएका छन् । पिक अप चालक मोरङको बूढीगंगा गाउँपालिका–२ का ३२ वर्षीय शिवकुमार ऋषिदेव, अटोमा सवार केराबारी–६ की ६० वर्षीया हरिमाया मगर, सुनसरीको धरान उपमहानगरपालिका–११ की ३० वर्षीया सीता मगर, सीताकी छोरी १० वर्षीया प्रशुना मगर र छोरा ७ वर्षीय एग्रिल मगर घाइते भएका हुन् । घाइतेमध्ये हरिमायाको अवस्था गम्भीर र पिक अप चालकबाहेक अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । पिक अप चालकको अवस्था सामान्य छ । उनलाई सामान्य उपचार पश्चात् प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना परेका दुवै सवारीसाधन क्षतिग्रस्त बनेका छन् । त्यस्तै, मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना भएको छ । प्रहरीका अनुसार पथरीबाट लेटाङको जाँतेतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ७२१५ नम्बरको मोटरसाइकल दिउँसो ४ः३० बजेतिर आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो । डिएसपी बस्नेतका अनुसार दुर्घटनामा मोटरसाइकल चालक लेटाङ नगरपालिका–८ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको छ । गम्भीर घाइते भएका दिनेशलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । उपचारका क्रममा साँझ ६ बजेतिर चिकित्सकले मृत घोषित गरेको बस्नेतले बताए । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार दीपेशकी पत्नी २१ वर्षीया ललिता राई ९मगर० घाइते भएकी छन् । गम्भीर अवस्थाकी उनलाई मदन भण्डारी अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । दुवै स्थानमा भएका दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जनाएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क