इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङमा भोकभोकैको नागरिकता लिनेको घुइँचो

सुनसरी : जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन थालिएसँगै जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिनेहरुको भीड लाग्ने गरेको छ । नागरिकता लिने सेवाग्राहीहरु बिहानैदेखि लामा बस्ने गरेका छन् । झिसमिसेमै नागरिकता लिनेको संख्या निकै भएकाले प्रशासनलाई व्यवस्थापनमा कठिनाइ भएको छ । पालो नपाइने डरले उनीहरु भोकभोकै लाइनमा उभिइरहेका भेटिन्छन् । नागरिकता लिनेहरुको लाइन प्रशासनको गेटदेखि शनिबारे हटियासम्म लाग्ने गरेको छ । प्रशासनले गत सोमबार जन्मसिद्धका आधारमा नागरिकता लिएकाका सन्तानमध्ये १ सय २८ जनालाई नागरिकता वितरण गरिसकेको छ । मोरङमा इलाका प्रशासन कार्यालयहरु रंगेली र उर्लाबारीबाट पनि नागरिकता प्रशासनले वितरण गरिसकेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार जन्मसिद्धका सन्तानलाई नागरिकता वितरण सुरु गर्ने पहिलो दिनसोमबार भीड अलि कम थियो । दोस्रो दिन हिजो मंगलबार भने धेरै भीड भएको थियो । भीड व्यवस्थापन गर्न टोकन प्रणाली लागू गरिएको छ । मंगलबार दिउँसोसम्ममा असार महिनाभरिका लागि टोकन वितरण गरिसकिएको जानकारी उनले दिए । प्रशासनले सोमबार मात्रै असार २२ गतेसम्मको टोकन वितरण गरेको थियो । नागरिकता वितरणका लागि ३ जना कर्मचारी खटाएर छुट्टै कोठाको व्यवस्था गरिएको छ । सहायक प्रजिअ पोखरेलका अनुसार एकपटकमा ४० जनाको समूहलाई टोकन वितरण गर्ने गरिएको छ । यसअघि प्रशासनले प्रतिलिपिसहित दैनिक १ सय ५० वटा हाराहारीमा नागरिकता जारी गर्दै आएको थियो । अहिले भीडभाड बढेको र सीमित जनशक्ति रहेका कारण नागरिकता वितरणमा समस्या भएको यादवले बताए । मोरङ प्रशासनमा प्रजिअसहित ४० जना कर्मचारीको दरबन्दी छ । २ जना अधिकृतसहित ४ जनाको दरबन्दी रिक्त छ । बढ्दो भीडभाडले सेवा प्रवाहमा समस्या उत्पन्न गराएपछि गृह मन्त्रालयमा जनशक्ति र स्रोतसाधनलाई व्यवस्थापन गर्न गृह मन्त्रालयलाई आग्रह गरिएको प्रजिअ यादवले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क