इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङ्गको केराबारी जंगमा फेला परेको शवको पहिचान खुल्यो

सुनसरी / मोरङ्गको केराबारी डाँगीस्थित जंगल क्षेत्रमा फेला परेको शवको पहिचान खुलेको छ । सुन्दरपुर डाँगी याङ्गशिला ओख्रे सडकको चारकोशे झाडी खण्डमा फेला परेको शव उर्लाबारीका जीवन दनुवारको रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार अन्दाजी ३३ बर्षीय मृतकको गोजिमा भएको मोवाईलको आधारमा उनको पहिचान भएको थियोे । केराबारी ६ का वडा सदस्य समेत रहेका आहाले डाँगीका बासिन्दा गोपाल बस्नेतले दिएको जानकारी दिए । लाटिझोडा साझेदारी बन र आहाले सामुदायिक बनको सिमाना अन्तरगत सुन्दरपुर डाँगी याङ्गशिला ओख्रे सडकबाट करिव १ सय ५० मिटर भित्र तारघेरा भित्र दनुवारको शव फेला परेको थियो । बृक्षरोपण गरिएको जंगलभित्र घोप्टो परेको अवस्थामा दनुवारको शव फेला परेको थियो । शव सडेको हुनाले तत्काल पहिचान हुन सकेको थिए । शवलाई पोष्टमार्टमको लागि धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क