इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङ जिल्लामा १३ वडा अध्यक्ष निर्वाचित, कहाँ कहाँ को को भए त

सुनसरी / मोरङ जिल्लामा १३ जना वडा अध्यक्ष निर्वाचित भएका छन् । पछिल्लो २४ घण्टामा नेपाली काङ्ग्रेसबाट ७, एमालेबाट ५ र माओवादी केन्द्रबाट १ जना वडा अध्यक्ष निर्वाचित भएका छन् । एमालेबाट वडाध्यक्षमा कानेपोखरी गाउँपालिका-७ मा मोहनप्रसाद अधिकारी, कटहरी गाउँपालिका-१ मा हरिनारायण राजवंशी, केराबारी गाउँपालिका-१ मा शरण थापा मगर, ग्रामथान गाउँपालिका-७ मा विरेन्द्र चौधरी र लेटाङ नगरपालिका १ मा बिष्णु मगर निर्वाचित भएका हुन् । काङ्ग्रेसबाट कानेपोखरी गाउँपालिका-१ मा रत्नबहादुर कार्की, जहदा गाउँपालिका-७ मा भगवान मरण्डी, मिक्लाजुङ गाउँपालिका-१ मा पर्वत राई र मिक्लाजुङ गाउँपालिका-२ मा बलबहादुर श्रेष्ठ, लेटाङ नगरपालिका-९ मा नन्दप्रसाद खतिवडा, सुनबर्षी नगरपालिका-१ मा वीर बहादुर राई र २ मा विनोद कुमार राजवंशी वडाध्यक्षमा निर्वाचित भएका छन् । मोरङमा माओवादी केन्द्रले धनपालथान गाउँपालिका-१ मा खाजा हुसैन मियाँ निर्वाचित भएका छन् । मोरङका १७ वटा पालिकामा १५९ वटा वडा छन् । सदस्यहरूमा ४८ जना निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क