इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङ र झापाका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुनसरी / झापा र मोरङको छुट्टा छुट्टै ठाउँ सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका -९ मा रहेको तेली खोलाको निर्माणाधिन पुलमा को १ ख ४०७७ नम्वरको मिक्सचर मेसिनले सुर्य एण्ड सन्स कन्ट्रक्सन कम्पनीमा कार्यरत ओभरसियर लहान नगरपालिका-१४ सिरहाका २४ बर्षीय सुनिल साहलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा संलग्न रहेका चालक शम्भु राजधामीलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको हो । त्यसैगरी, शुक्रबार राति झापाको बाह्रदशी गाउँपालिका- ३ स्थित चारपाने राजगढ सडक खण्डमा प्र १-०१-००१ त ८९०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियोे । दुर्घटना हुँदा घाईते भएका ट्याक्टरका चालक बाह्रदशी- ३ का २२ बर्षीय लखिराम सतारलाई उपचारार्थ प्रादेसिक अस्पताल भद्रपुर लगिएकोमा उनको चेकजाँच क्रममा मृत्यु भएको हो भने दुवै घटनाको विषयमा थप अनुसन्धान गरिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क