इन्फो नेपाल — सञ्चारको सञ्जाल

"म सबैलाई सफल बनाउन आएको मान्छे हो"

धरानका मेयर हर्कराज साम्पाङले आफू कसैलाई असफल बनाउन नआएको बताएका छन् । साथै उनले आफू पनि असफल नहुने उल्लेख गरेका छन् । उनले आफ्नो अभियान सबैलाई सफल बनाउने भएको भन्दै सबैलाई सकारात्मक सोच्न आग्रह गरेका छन् । 'मलाई कसैले असफल बनाउन सक्दैन किनकि म आफू सफल बन्न आएको होइन म त सबैलाई सफल बनाउन आएको मान्छे ! बि पोजेटिभ गाइज,' उनले सामाजिक सञ्जालमा लेखेका छन् ।   उनले पानीसम्बन्धी कुनै पनि समस्या आए आफूले उपलब्ध गराएको मोबाइल नम्बरमा फोन गर्ने पनि अनुरोध गरेका छन् । उनले खानेपानीसँग सम्बन्धित समस्या आफूले उपलब्ध गराएको नम्बरमा बिहान ११ बजेदेखि १ बजेसम्ममा सुनाउन उनले भनेका हुन् । उनले झूटा गुनासा नगर्न पनि आग्रह गरेका छन् ।  

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क