इन्फो नेपाल — सञ्चारको सञ्जाल

यति ब्रुअरीको छक्का चौका ब्राण्ड सार्वजनिक

हेटौंडा । यति ब्रुअरी लिमिटेडले नेपाली बजारमा अर्ना छक्का चौका ब्राण्ड सार्वजनिक गरेको छ। कम्पनीले उत्पादन गरेको यो नयाँ ब्राण्डको नाम नेपाली क्रिकेटसँग जोडेर राखिएको हो। ६.४ प्रतिशत अल्कोहल रहेको छक्का चौका ब्राण्डलाई क्रिकेट खेलसँग जोडेर ल्याइएको हो। नेपाली क्रिकेटमा गरिएको लगानीका कारण कम्पनीका उत्पादनहरू युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको यति ब्रुअरीले जनाएको छ। "क्रिकेटमा सर्वाधिक प्रयोग हुने चौका र छक्का शब्दको प्रयोग गर्दा क्रिकेटप्रेमीहरूले यस ब्राण्डलाई अत्याधिक मन पराउनुका साथै व्यापारिक हिसाबले पनि सफल हुने अपेक्षा गरिएको छ," कम्पनीले भनेको छ। छक्का चौका ब्राण्डको उत्पादन सीमित रहने र नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगितासँग जोडेर विशेष स्लोगन सार्वजनिक गरिने कम्पनीको योजना छ। हाल बजारमा ३३० मिलिलिटर (पुन्टे) र ६५० मिलिका दुई साइजमा यो ब्राण्ड उपलब्ध छ। यसको अधिकतम खुद्रा मूल्य क्रमश १७० र ३३० रुपैयाँ निर्धारण गरिएको छ। हेटौंडाका लागि अधिकृत बिक्रेता बिनायक इन्टरनेशनलका सञ्चालक बिजयकुमार श्रेष्ठले छक्का चौका ब्राण्ड नेपाली बजारमा सफल हुने अनुमान गरेका छन्। "क्रिकेट प्रशंसकहरूले यस ब्राण्डलाई मन पराउनुका साथै व्यापारिक हिसाबले पनि यो सफल हुनेछ," उनले भने।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क