इन्फो नेपाल — सञ्चारको सञ्जाल

यसै साउनदेखि नेपाल टेलिकमले ई-सिम वितरण थाल्ने

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आउँदो महिना अर्थात साउनदेखि इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) उपलब्ध गराउने भएको छ । हाल बजारमा उपलब्ध हुने प्लास्टिकबाट निर्मित चिप जडित कार्डको साटो कम्पनीले मोबाइल डिभाइस तथा विभिन्न डिजिटल डिभाइसमै इम्बेड गर्न सकिने ई–सिम उपलब्ध गराउने भएको हो । पछिल्लो समय विश्वका विभिन्न देशमा ई-सिम प्रयोगमा आइसकेको छ । कतिपय मोबाइल उत्पादक कम्पनीले ई-सिमलाई लक्षित गर्दै भौतिक सिम राख्ने ठाउँ नै नभएका उपकरणहरू बजारमा ल्याइरहेका छन् । त्यस्ता डिभाइसलाई लक्षित गर्दै टेलिकमले आफ्ना प्रयोगकर्तालाई ई–सिम उपलब्ध गराउने भएको हो । यसका लागि टेलिकमले चालू आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रममा ‘ई–सिमको प्लेटफर्म’ राख्ने योजनासहित बजेट निर्धारण गरेको थियो । जसअनुसार चालू आवभित्रै एकदेखि डेढ लाखसम्म ई–सिम प्रयोगमा ल्याउने योजना कम्पनीले बनाएको थियो । योजना अनुसार चालु आर्थिक वर्षमै काम नभएपनि कम्पनीले आगामी आर्थिक वर्ष २०७९/०८० को पहिलो महिनासँगै यो सेवा सुरु गर्ने तयारीमा रहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए । “हाल ई–सिमका लागि आवश्यक परीक्षणको काम अन्तिम चरणमा रहेको छ,” अधिकारीले टेकपानासँग भने, “आउँदो महिनाबाट सेवा नै उपलब्ध गराउने योजना छ ।” यसअघि टेलिकमले ई–सिमका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउन मोन्टी यूके ग्लोबलसँग सम्झौता गरेको थियो । उक्त कम्पनीले सम्पूर्ण प्राविधिक कार्यको परीक्षण सम्पन्न गरिसकेको जनाइएको छ । यसरी टेलिकमले ई–सिमको तयारी गरिरहँदा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पनि ई–सिमलाई व्यवस्थित गर्ने योजना अघि बढाएको छ । प्राधिकरणले आगामी आवको बजेटमार्फत ई–सिमको प्रयोग सम्बन्धमा अध्ययन गरी नियमनको ढाँचा तयार पार्ने योजना बनाएको हो । त्यसो त ई–सिम आउँदा नयाँ कार्यविधि नै आवश्यक पर्छ भन्ने त होइन । तर, पनि यसमा हुन सक्ने चुनौती र सुरक्षा लागायतका विषयमा महत्त्वपूर्ण हुने भएकाले अध्ययन अघि बढाउने योजना प्राधिकरणले बनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क