इन्फो नेपाल — सञ्चारको सञ्जाल

यस्तो छ कार्तिक ३ गते बिहीवारको राशिफल

वि.सं. २०७९ कार्तिक ०३ गते बिहीवार तदनुसार ई. सं. २०२२ अक्टोबर २० तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०५:२२ बजे, चन्द्रास्त : दिउँसो ०१:२७ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०१:१९ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०७ बजे र सूर्यास्त : साँझ ०५:२८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१३ बजे र सूर्यास्त : साँझ ०५:३४ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:२९ बजे र सूर्यास्त : साँझ ०५:४८ बजे, कार्तिक कृष्णपक्ष (कौलागा) दशमी तिथि, दिउँसो ०२:०८ बजेसम्म मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज केही समय बाल्यकालको सम्झनामा वा पुराना साथीभाइसँग भेटघाटमा बित्न सक्छ। यो आफै वा आफ्नो बच्चाहरु मार्फत केहि लाभदायक काम गर्ने समय छ। यो अलि बढी प्रयास गर्ने समय हो, किनकि आजको प्रयासले भविष्यमा छात्रवृत्ति, सहुलियत वा विशेष अवसरहरू निम्त्याउन सक्छ। बौद्धिक क्षेत्र, चिन्तन र दार्शनिक मामिलामा सक्रियता देखाउने समय हो, तपाईं आफैं वा छोराछोरीको माध्यमबाट लाभदायक कार्य गर्न सक्नुहुन्छ, तर मनलाई भावुकता र मनोरञ्जनतर्फ आकर्षित गर्न सकिन्छ। आज ५५ प्रतिशत भाग्य नै हो जस्तो लाग्छ । आजको लागि शुभ अंक ५, शुभ रंग पहेँलो र शुभ दिशा पूर्व रहेको छ । त्यसैगरी कुनै काम गर्न नहुने काम भएमा वा अचानक यात्रामा जाँदै हुनुहुन्छ भने आज कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – व्यावसायिक र व्यापारिक स्थिति राम्रो देखिन्छ, तर आज तपाईंले आफ्नो परिवारको लागि केहि समय छुट्याउनु पर्छ, अन्यथा आपसी विचार / छलफलमा खाडल हुनेछ। प्रेम जीवन र रोमान्टिक जीवनमा केही असुविधा वा अवरोध आउने समय छ, तथापि परिवार र साथीभाइको साथमा मन प्रसन्न रहनेछ। हाकिम वा वरिष्ठ कर्मचारीसँग राम्रो सम्बन्ध कायम गर्ने दिन छ। आज, थोरै प्रयासले, तपाईं उच्च स्तरमा पहुँच र स्थिति सुरक्षित गर्न सक्नुहुन्छ।आज ०५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बगलामुखीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुनेछ, अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा काम बिग्रन सक्छ । पारिवारिक सौहार्द्रता र सद्भावमा बृद्धि हुनेछ, परिवारका सदस्यहरू र आफ्ना साथीभाइसँगको भेटघाटले आनन्द र मनोरञ्जन प्रदान गर्नेछ । विद्वान् व्यक्तिका साथमा निकटता बढ्ने समय हो, नजानेको कुनै कुरा छ भने दाजु/दिदी वा गुरु/गुरुआमाको सहायता लिंदा लाभ पाइने छ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बक्रतुण्डाय हुम् यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – धनको सहजता देखिए पनि खर्च गर्नुपर्दा होस राखेर चल्नुपर्ने समय छ । अनावश्यक खर्च बढाउनुभन्दा ऋण वा उधारो चुक्ता गरी आर्थिक स्वतन्त्रतातर्फ ध्यानकेन्द्रित गर्नु जरुरी देखिन्छ । कठोर शब्द र खरो बोलीका कारण सेवाग्राही असन्तुष्ट र रुष्ट हुनसक्ने समय हो, तर सहकर्मी साथी र हाकिमको साथसहयोग मिल्नेछ । सुख एवं समृद्धिमा बृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्नसक्छ, तर खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुनेछ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वाचस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आफ्नो प्रतिद्वन्द्वीका योजनाहरू थाहा पाउँदा तपाईंलाई भविष्यका रणनीतिहरू तयार गर्न मद्दत गर्न सक्छ, बुद्धिमत्ता र कूटनीतिक ज्ञानको प्रयोगले तपाईंलाई महत्त्वपूर्ण कार्य पूरा गर्न मद्दत गर्नेछ। चिकित्सा क्षेत्र, औषधि, काठ, फर्निचर आदिको व्यवसाय भए पनि उधारो वा ऋणको व्यापार मुख्य विषय बन्न सक्छ । आज तपाईको लागि भावनात्मक क्षण हुन सक्छ, तर परिवारका सदस्य र जीवनसाथीसँगको भेटले तपाईको मन प्रफुल्लित हुनेछ। आज ७५ प्रतिशत भाग्यले साथ दिएको देखिन्छ । आजका लागि शुभ अंक १, शुभ रंग कलेज र शुभ दिशा पूर्व रहेको छ । त्यसैगरी कुनै काम गर्न नहुने वा अचानक यात्रामा जाँदै हुनुहुन्छ भने आज कम्तिमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – दौडधूप गर्नुपर्ने काम, ढुवानी/यातायात वा मार्केटिङमा राम्रो छ, तर काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ पाइने दिन हो । सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ, तर आर्थिक पक्ष बाधक बन्ने समय हो । आवश्यक पर्दा ऋण वा सरसापटी लिनुपर्ने बाध्यता देखिन्छ । मनमा दुविधा छ वा बढी थकान र बोझको अनुभूति भएको छ भने आराम गरेर तन्दुरुस्त हुनु जायज हुन्छ । आज ३० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ छिरबिरे/रङ्गीबिरङ्गी र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कें केतवे नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – कुनै पुरानो समस्यामा घोत्लिनुपर्ने तथा असमझदारी बढ्नाले कार्यक्षेत्र प्रभावित बन्नसक्ने दिन छ । तर पनि सहकर्मी र सिनियर्सको सहयोग पाउने दिन हो । मानसिक सन्तुष्टिको समय हो, तथापि आज कुनैकुनै कुरामा भावनामा वहन सक्नुहुन्छ । पार्टनरलाई कुनै उपहार दिएमा सम्बन्धमा अझ प्रगाढता छाउनेछ । प्रेमी वा जीवनसाथीसँग लामो समयसम्म कुराकानी गरी समय बिताउन सक्नुहुन्छ । पारिवारिक सम्बन्ध, आत्मीयता र प्रेमभावले नयाँ रूप लिने दिन हो । आज ५० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गुं गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – मज्जाले खट्नुपर्ने दिन हो, व्यस्त रहनाले दाम्पत्य र प्रेम जीवनसमेत प्रभावित बन्नसक्छ । आज शारीरिक तन्दुरुस्ती र आरामका बारेमा पनि विचार गर्नुहोला । भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय हो, परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । प्रतिष्ठा बढ्ने दिन हो, वंश, कुल र पितृपक्षका विषयमा आकर्षण देखिने छ, कार्यक्षेत्रमा पनि वरिष्ठ कर्मचारी प्रसन्न रहनेछन् । अझ बृद्धबृद्धा वा मान्यजनको सेवाचाकरी गरेमा भाग्यबल बढाउन सकिने छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वास्तुदेवताभ्यो नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – परिश्रम र मिहिनेत गरेअनुरूप भाग्यबृद्धि गर्ने दिन हो, धार्मिक वा आध्यात्मिक विषयको कुनै जानकारी प्राप्त गरेमा समेत ज्ञानबृद्धिमा सघाउ पुग्नेछ । शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ । मान्यजन वा उच्चपदस्थ अधिकारीहरूले हृदयदेखि नै प्रशंसा गर्नेछन्, त्यस्तै अर्काको सहयोग गर्न पाउँदा सन्तोषको अनुभूति हुने समय छ । आज ३५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ कलेजी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवपुजिताय गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – चित्त व्याकुल हुनुका साथै गुनासो र गनगन बढ्ने दिन हो, तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा समेत कमजोरी देखा पर्नसक्छ । गुप्त र गोपनीय काम वा सीपबाट धनार्जन गर्ने समय हो । अनुसन्धान, गुप्तचर, कुटनीति आदि क्षेत्रमा रहेकाले राम्रो उन्नति गर्नसक्ने समय छ । सहयोगीको साथ पाइँदैन, एैनमौकामा बन्नै लागेको काम पनि बिग्रनसक्छ, उता शरीरमा पनि कमजोरी देखिने छ, तथापि कारोबारमा आफैं खटेको जाती हुन्छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ कालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वमृत्युनिवारकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – मन प्रसन्न रहने छ, लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ । आज राम्रा र नयाँ डिजाइनका लुगाफाटा पहिरने सौख जाग्नेछ, आफ्नै लागि वा जीवनसाथीका लागि वस्त्र वा आभूषणादि खरीद गर्ने मनसाय बन्नसक्छ । कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ, पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कुलपूजितायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – पढाइमा परिश्रम गरे अनुसार प्रतिफल पाइनेछ । सिर्जनात्मक क्रियाकलापमा समेत संलग्न भइने छ, साहसी वा पराक्रमी काममा पनि मन जानसक्छ । घमण्ड र अहङ्कारको उदय हुने समय भएकाले आज आत्मसंयमी र गम्भीर बन्ने प्रयास गर्नुहोला, सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ, तर बहस, वादविवाद र तर्कवितर्कमा जीत हुनेछ । कमजोरीलाई माध्यम बनाएर शत्रु हाबी हुने समय छ, विश्वासिलो साथी वा सहयोगी कर्मचारीले नै समस्या बल्झाउन सक्छन्, सचेत हुनुपर्छ । आज ८० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी