इन्फो नेपाल — सञ्चारको सञ्जाल

यस्तो हुने छ तपाईको आजको दिन

२८ पुस २०७८ तदनुसार ११ जनवरी १२ तारिख २०२२ बुधबार । पौषशुक्लपक्ष दशमी तिथि, गर करण, भरणी नक्षत्र, साध्य योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः५८ मा भयो भने सूर्यास्त ५ः२७ मा हुनेछ । बुधबारको दिन घर गृहस्थीसम्बन्धी काम गर्दा राम्रो हुन्छ । आर्थिक कारोबारका लागि बुधबार उपयुक्त दिन हो । आजको देवता सावित्री र ग्रहदेव शुक्र रहेको छ । आज बिहान १२ः१२ दखि १ः३१ सम्म राहुकाल रहेको छ । त्यसैबीचमा ११ः५१ देखि १२ः३३ सम्मको समयमा अभिजित मुहूर्त रहेको छ । कुनै पनि शुभकार्य गर्दा अभिजित मुहुर्तको समय रोज्नुपर्ने हुन्छ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशिको जातकको लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा सुखद यात्रा हुनेछ । घर परिवारबाट आर्थिक सहयोग मिल्नेछ । विगतमा रोकिएका कामहरू सम्पन्न हुनेछ । नयाँ कामको थालनीसमेत हुनेछ । चन्द्रमाको साथ रहेकाले आजको दिन तपाईले गरेका काम सफल हुनेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) आजको दिन मानसम्मान मिल्नेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नेछ । आर्थिक हानि हुन सक्ने छ । त्यसैले आजको दिन खर्च हुने काममा होस गर्नुहोला । आफन्तजनबाट अपमान हुनसक्छ । त्यसैले घर गृहस्थको बारेमा आफन्तसँग विवाद नगर्नुहोला । मौन रहनु नैं वेश हुनेछ । मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) यदी आजको दिन यात्रा गर्न लाग्नु भएको छ यात्रा कष्टकर हुनसक्छ । मनमा चिन्ता छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु वेश हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा तपाईमा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । आफ्नो नियमित काम बाहेक अन्य कुरामा बढी चासो नदिदा राम्रो हुनेछ । कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । कसैसँग पनि वादविवाद गर्दा तपाईको लागि अपमान हुनसक्छ । त्यसैले घरपरिवार, मित्रमण्डलीहरुसँग विवाद हुने काम नगर्नु होला । सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) तपाईलाई आज आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्छ । यात्राका समस्या हुनसक्छ । तपाईले गर्नुभएको कामबाट सन्तुष्ट प्राप्ति होला । कर्म गरेको छु, फल अवश्य प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोचका साथ कर्ममा लागिरहनुपर्नेछ । कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम सुुरु गर्न खोज्दा बाधा हुनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला । तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) तपाईले आजको दिन सुरु गरेको काम सफल हुनेछ । त्यसैले तपाईले आज सबैको भलाइ हुने काम गर्दा वेश हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । तपाईको मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले तपाईले गरेको कामको निकै प्रसंशा गर्नेछन् । सफलतामा अर्थ हानि हुनेछ । वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) यात्रामा अनावश्यक समस्या आउन सक्छ । स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुन सक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ । अर्थलाभ हुने काममा ध्यान दिनु होला । कसैसँग विवाद हुन खोजेमा कम बोल्नु फाइदा हुनेछ । धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको सहयोग हुनेछ । धनु राशिका जातकको लागि आजको दिन कन्याहरुलाई भोजन र दान दिनुभएकामा तपाईको उन्नति र प्रगतिको बाटोहरू खुल्नेछन् । देवालयको दर्शनले तपाईलाई सकारात्मक सोच आउने छ । मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । बिहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ । यदि यात्रा गर्नुछ भने पूर्वतर्फ फर्केर सुरुवात गर्नुहोला । परिवारका सदस्यहरूबीच सम्बन्ध राम्रो हुनेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ । कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) कुम्भ राशिका जातकको लागि आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाई आफूबसेको स्थान नजिकको मठमन्दिर जा देवालयमा जानु उत्तम हुनेछ । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले अनावश्यक आरोप लगाउन सक्नेछन् । मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) बिहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । तपाईले आज गर्ने निर्णयले भविष्यमा अर्थलाभ हुनेछ । देवालय र शिवालयको यात्रा गर्दा मनमा शान्ति प्राप्त हुनेछ । सामाजिक काममा लाग्नुभएको छ भने मानसम्मान मिल्नेछ । आर्थिक समस्याले चिन्ता जताउने छ । परिवारका सदस्यहको साथ सहयोग पाउनुहुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा लाग्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ ।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी