इन्फो नेपाल — सञ्चारको सञ्जाल

युवकको पेटभित्र कसरी पस्यो रक्सीको सिंगै बोतल ?

काठमाडौँ। रौतहटका एक युवकको पेटमा सिंगै रक्सीको बोलत फेला परेको छ । गुजरा नगरपालिका–९ अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको पेटमा रक्सीको बोतल भेटिएको हो । आइतबारदेखि नुर्सादलाई धेरै पेट दुखेको थियो । पेट दुख्न कम नभएपछि सोमबार उनको परिवारले चन्द्रपुर अस्पताल ल्याए । अस्पतालमा एक्सरे गरेर हेरेपछि उनको पेटमा रक्सीको सिंगै बोतल देखियो । पेटमा ८८४८ नामको रक्सीको सिंगै बोतल देखेर चिकित्सकहरु आश्चर्यमा परे र आत्तिए पनि । चन्द्रपुर अस्पतालका डा. अभिषेक अधिकारीले नुर्सादलाई पेट दुखेको निको नभएपछि झण्डै आधा घण्टा उपचारका लागि राखेर एक्सरे गराएका थिय । यतिठूलो बोतल पेटभित्र हुँदाआन्द्रा फुटेको हुनसक्ने भन्दै थप उपचारका लागि भरतपुर रेफर गरियो। शल्यक्रिया गरी रक्सीको बोतल निकालिएको छ । अहिले भरतपुर अस्पतालमा आइसीयुमा राखेर उपचार भइरहेको छ। कसरी पस्यो बोतल ? केही दिनअघि नर्साद चन्द्रपुर–१० बाल्चनपुरमै रहेको साथी मोहम्द समीरको ग्यारेजमा उनीसँगै बसेर रक्सी खाएका थिए । सोही क्रममा नुर्सादले रक्सीको बोतलमा पिसाब गरेर खुवाएको रिसमा समीरले गत शनिबार नुर्सादलाई बोलाई नशालु पदार्थ खुवाएर उनको मलद्वारभित्रबाट रक्सीको बोतल छिराइदिएका थिए । घटनाको विषयमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । नुर्सादका अन्य साथीहरू भने फरार छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क