इन्फो नेपाल — सञ्चारको सञ्जाल

यो देश बनाउनको लागि १०० दिन पर्याप्त छ : रवि लामिछाने

काठमाडौं: रास्वपाका सभापति एवम् चितवन-२ का उपनिर्वाचनका उम्मेदवार रवि लामिछानेले आगामी पाँच वर्ष देश र जनताको लागि महत्वपूर्ण भएको भन्दै जनताको लागि काम गर्ने बताएका छन् । उनले सत्तामा गएपछि एक एक दिनको हिसाब जनतालाई बुझाउने दाबी गरे । चुनावी अभियानको क्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अघिल्लो निर्वाचनमा ८ केजी घटेको उल्ल्लेख गर्दै यसवर्ष पूरै घटेर हाड र छालामात्रै भएपनि हुने बताए । तर, देशको लागि काम गर्न आफूहरु चुनावी मैदानमा उत्रिएको लामिछानेको भनाई छ । उनले यो देश बनाउनको लागि एक सय दिन पर्याप्त रहेको पनि दाबी गरे । उनले आफूहरुलाई १०० दिनको समय दिनपनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । उनले बैशाख १० गते हुने उपनिर्वाचनमा रमेश खरेल, स्वर्णिम वाग्ले र आफूलाई जिताएर देखाउन पनि जनतासामू आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क