इन्फो नेपाल — सञ्चारको सञ्जाल

यो हो ‘इच्छा मृत्यु’ चाहनेहरुका लागि मेसिन: स्वीजरल्याण्डले ‘डेथ मेसिन’ लाई दियो कानुनी स्वीकृति, १ मिनेटै बिना पीडा हुन्छ मृत्यु

एजेन्सी । स्वीस सरकारले इच्छा मृत्युका लागि मेसिनको प्रयोगलाई कानुनी स्वीकृति दिएको छ । यो मेसिनबाट एक मिनेटभित्र कुनै पनि पीडाबिना मानिसको मृत्यु हुने कम्पनीको दाबी छ । यो मेसिन कफिनको आकारमा बनाइएको छ। यस मेसिनको माध्यमबाट अक्सिजनको स्तर निकै कम हुन्छ, जसका कारण १ मिनेटभित्रै मृत्यु हुन्छ । एग्जिट इन्टरनेशनल नामक संस्थाका निर्देशक डा फिलिप नित्स्केले यो ‘मेसिन अफ डेथ’ बनाएका हुन् । जसलाई ‘डाक्टर मृत्युु पनि भनिन्छ। स्विजरल्याण्डमा इच्छामृत्युलाई कानुनी मान्यता दिइएको छ । एग्जिट इन्टरनेशनलले गत वर्ष स्विट्जरल्याण्डमा अरुको सहयोगमा १३ सय जनाले इच्छा मृत्यु गरेको दाबी गरेको छ । रोगका कारण हिँडडुल गर्न नसक्ने व्यक्तिका लागि यो मेसिन बनाइएको बताइएको छ । बेलायती वेबसाइट इन्डिपेन्डेन्टको रिपोर्टका अनुसार यो मेसिन भित्रबाट पनि चलाउन सकिन्छ । बिरामी व्यक्तिले पनि मेसिन भित्रै आँखा झिम्काएर यो मेसिन चलाउन सक्छ । यो मेसिनमा बायोडिग्रेडेबल क्याप्सुल छ जसलाई कफिनको रूपमा प्रयोग गर्न सकिन्छ। यो मेसिनलाई सार्को नाम दिइएको छ र यसको प्रोटोटाइप भर्खरै प्रस्तुत गरिएको छ । डा नित्स्केले भने, ‘सबै कुरा मिल्यो भने अर्को वर्षसम्म यो मेसिन उपलब्ध हुनेछ । यो सबैभन्दा महँगो परियोजना हो, तर हामी यसको धेरै नजिक छौं। तर, यस्तो मेसिन बनाएकोमा डा। नित्केको आलोचना पनि भइरहेको छ । द इन्डिपेन्डेन्टले रिपोर्ट गरेको छ कि केही व्यक्तिहरूले मेसिन प्रयोग गर्ने तरिकामा प्रश्न उठाएका छन्। मानिसहरू भन्छन् कि यो खतरनाक ग्यास च्याम्बर हो। कतिपयले यो मेसिनले मानिसलाई मृत्युका लागि उक्साउने पनि बताएका छन् । अहिले दुईवटा मेसिनको प्रोटोटाइप तयार छ । तेस्रो मेसिन पनि निर्माण भइरहेको र आगामी वर्षसम्ममा तयार हुने सम्भावना छ ।

सम्बन्धित समाचार

मकवानपुरको सेनवंश र कोशीसँगको ऐतिहासिक सम्बन्ध

मातृकाप्रसाद कोइराला हेटौँडा | पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्नु अघिसम्म यो भूभाग थुप्रै राज्यहरूमा विभाजित थियो। पश्चिममा बाइसी–चौबीसी राज्य, मध्यमा काठमाडौँ उपत्यकाका विभि…

इन्फो नेपाल संवाददाता

एउटा सामान्य मुसा बन्यो 'सुपरहिरो'

काठमाडौं |अफ्रिकाबाट प्रशिक्षण लिइएको एक विशेष जातको मुसा ‘रोनिन’ले बारूदी सुरुङ पत्ता लगाउने कार्यमा कीर्तिमान कायम गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ। कम्बोडिय…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

तपाईं नझुकिनुहोस्, भोलि अप्रिल फुल्स डे!

काठमाडौं | अप्रिल १ अर्थात् अप्रिल फुल्स डे (April Fool's) भोलि परेको छ। प्रत्येक वर्ष अप्रिल पहिलो तारिखका दिन संसारभर मजाक, ठट्टा र झूटो समाचार फैलाउने परम्परा रहँदै आएको छ। इन्ट…

इन्फो नेपाल संवाददाता