इन्फो नेपाल — सञ्चारको सञ्जाल

रक्सी खाने मान्छे एमाले हुन सक्दैन : केपी ओली

अर्घाखाँची – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाँड–रक्सी खाने मान्छे एमालेको कार्यकर्ता हुन नसक्ने टिप्पणी गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले आइतवार सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने , ‘बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले हैन भनेर जाने हुन्छ । एमाले नेता, कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ ।’ अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान एमालेको रहेको बताउँदै एमालेबाहेकका दलहरू राष्ट्रलाई खोक्रो पार्ने अभियानमा रहेको जिकिर गरे । उनले भने, ‘विपक्षीहरूले राष्ट्रिय शक्ति निर्माणको कामलाई अगाडि बढाउन नदिएको प्रयासलाई असफल पारेर एमालेले मिसन ग्रासरुटमार्फत मिसन ५१ प्रतिशत उपलब्धि हात पार्छ ।’ एमालेजस्तो पार्टीका कार्यकर्ताले पाटीलाई भोट नदिने कुरा सोच्नै नसक्ने बताउँदै ओलीले व्यक्तिसँग अन्तरविरोध भए पनि पार्टीलाई जिताउन सबै लाग्नुपर्ने बताए । ‘अहिले सिङ कसका बलिया भनेर जोरी खोज्ने समय होइन । गाई–गाई भेट भए मिलेर चर्छन् । गोरु–गोरु भेट भए तँ ठूलो कि म ठूलो भनेर सिङ जुधाउन थाल्छन् ।’ एमालेलाई चक्रव्यूहमा पारेर फसाउन खोजेको दाबी गर्दै अध्यक्ष ओलीले महाभारतमा अभिमन्युलाई चक्रव्यूहबाट निस्कन नआए पनि आफूलाई चक्रव्यूह तोड्न र बाहिर निस्कन सबै आउने दाबी गरे । एमालेलाई अगाडि बढ्न नदिन प्रतिक्रियावादी शक्तिहरू लागिपरेको उनको आराेप छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क