इन्फो नेपाल — सञ्चारको सञ्जाल

राउटे समुदायकी १२ वर्षीया बालिकाको मृत्यु, जेठयता मात्रै ९ जना

काठमाडौं: लोपोन्मुख जातिका रुपमा रहेको राउटे समुदायमा मृत्यु दर तीव्र बन्दै गएको छ। बिहीबार मात्रै राउटे समुदायकी एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिबहादुर शाहीकी १२ वर्षीया छोरी दुर्गा रहेकी छन्। मृतक बालिका एक महिनादेखि बिरामी परेकी थिइन्। गत २३ जेठ यता यस समुदायमा विभिन्न उमेर समूहका ९ जनाको मृत्यु भएको छ। जेठ २३ गते राउटे समूदायका जेष्ठ सदस्य ९१ वर्षीय कणर्बहादुर शाहीको मृत्यु भएको थियो। त्यसयता ६६ वर्षीय महामुखिया महिनबहादुर शाही, तुल्सी शाही, शान्ति शाही, सिमल शाही, भद्रबहादुर शाही, पाँच महिने बालिका बालकुमारी शाही र एक महिने बालक भैरव शाहीको मुत्यु भएको छ। बालिकाको मृत्यु भएपछि दैलेखको भैरवी गाउँपालिका ४ मा बसोबास गर्दै आएका राउटेहरू शुक्रवार दैलेखकै चामुण्डाविन्द्रासैनी नगरपालिका ४ को सईयातडामा बसाइँ सरेका छन्। मान्छेको मृत्युु भएपछि बसाइँ सर्ने परम्परा यो समुदायमा छ। दुई वर्षयता अस्वस्थ खानपिन र जीवनशैलीका कारण राउटेको जनसंख्या घट्दै गएको छ। अब राउटे समुदायको जनसंख्या एक सय ३७ मात्रै रहेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क