इन्फो नेपाल — सञ्चारको सञ्जाल

रामधुनीमा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

रामधुनी | सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस भव्य रूपमा मनाइएको छ। "समानता सुनिश्चित गर्दै समावेशी समाजको निर्माण" भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण, सामाजिक समावेशीता, र मानव अधिकार प्रवर्द्धन गर्ने उद्देश्य राखिएको थियो।

कार्यक्रम अपाङ्गता उत्थान केन्द्र नगर स्थरिय अपाङ्ग समिति रामधुनी नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा रामधुनी नगरपालिकाको सहयोग र समन्वय रहेको थियो।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न प्रकारका सामग्री हस्तान्तरण गरियो। नगरपालिकाले १५ वटा ह्वीलचेयर, ४ वटा ट्राइसाइकल, ११ वटा साधारण लठ्ठी, ५ वटा सेतो छडी, १५ वटा कमोड चेयर, र ९ जोर बैसाखी वितरण गर्‍यो। अपाङ्गता भएका व्यक्तिहरूको दैनन्दिन जीवनमा सहजता ल्याउने उद्देश्यले यी सामग्रीहरू प्रदान गरिएको हो।

रामधुनी नगरपालिकाका नगर प्रमुख शंकरलाल चौधरीले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न नगरपालिका निरन्तर क्रियाशील रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले पनि अपाङ्गता भएका व्यक्तिहरूलाई साथ र सहयोग पुर्‍याउन नगरपालिकाले हरसम्भव प्रयास गर्ने उल्लेख गरे ।

कार्यक्रमका प्रमुख अतिथि रेवती रमण भण्डारीले फरक क्षमताका व्यक्तिहरूको उत्थानमा प्रदेश सरकारले सदैव साथ दिने प्रतिवद्धता जनाए । उहाँले अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार संरक्षण र अवसर सुनिश्चितताका लागि प्रदेश सरकारले आवश्यक नीति र कार्यक्रमहरू अघि बढाउने बताए ।

रामधुनी नगरपालिकाकी उपप्रमुख तथा अपाङ्गता समन्वय समिति संयोजक तारा थापाले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा आत्मनिर्भर र सम्मानजनक जीवन प्रदान गर्न नगरपालिका कटिबद्ध रहेको बताइन् ।

कार्यक्रममा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको हितमा दीर्घकालीन योजनाहरू अघि बढाउने घोषणा गर्‍यो। यसले अपाङ्गता भएका व्यक्तिहरूका लागि सहज भौतिक संरचना, रोजगार अवसर, स्वास्थ्य सेवा, र शिक्षामा पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

कार्यक्रमको मूल उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण, सामाजिक समावेशीता, र मानव अधिकार प्रवर्द्धन गर्नु रहेको बताइएको छ। यस प्रकारका गतिविधिहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा सम्मानजनक जीवनयापन गर्न थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।

यस दिवसले समावेशी समाज निर्माण र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनमा थप योगदान पुर्‍याउने अपेक्षा राखिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क