काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिकास्थित रोहिणी पुलबाट यात्रुबाहक बस खोलामा खस्दा नौ जनाको मृत्यु भएको छ भने दुर्घटनामा २३ जना घाइते भएका छन् ।
जनकपुरबाट भैरहवा जाँदै गरेको बस आइतबार बिहान साढे ४ बजे परासी–भैरहवा सडकखण्डमा पर्ने उक्त पुलबाट खसेको हो ।
३२ जना यात्रु बोकेको लु २ ख ३८४१ नम्बरको बस बिहान साढे ४ बजे खसेको प्रहरीले जनाएको छ । घटनामा ८ जना पुरुष र एक महिलानको मृत्यु भएको र अन्य यात्रु घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ ।
बस खोलामा खसेर घाइते भएका मध्ये ५ जनाको भैरहवाको युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भैरहवाकै भीम अस्पतालमा मृत्यु भएको हो । घाइतेहरुको युनिभर्सल मेडिकल कलेजमा उपचार भईरहेको छ ।
दुर्घटनाको कारण खुल्न नसके पनि घुम्ती सडकमा पुल रहेकाले बस खसेको अनुमान गरिएको छ । उक्त पुलबाट यस अघि पनि सवारी साधन खसेका छन् ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…