इन्फो नेपाल — सञ्चारको सञ्जाल

रैथाने बाली संरक्षणका लागि कृषि ज्ञान केन्द्र अग्रसर

बागलुङ । आधुनिक प्रविधि र बसाइँसराइका कारण बागलुङमा रैथाने बालीको संरक्षणमा चुनौती बढेको छ। पछिल्लो समयमा कोदो, सिमी, फापर, जौ, उवा लगायतका खाद्य बालीको खेती कम हुँदै गएको छ। यस्तो अवस्थामा किसानलाई रैथाने बाली खेतीतर्फ आकर्षित गर्न कृषि ज्ञान केन्द्रले विशेष कार्यक्रम ल्याएको छ। केन्द्रले किसानलाई नयाँ प्रविधिसँग जोड्ने र पुराना खेतीलाई पनि संरक्षण गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ। विगतमा रैथाने बालीले बजार र उत्पादनअनुसारको मूल्य नपाउँदा किसान मर्कामा परेका थिए। उन्नत जातका खाद्य बाली फस्टाउन थालेपछि कृषकले पनि रैथाने बाली खेती गर्न छोडे। परम्परागत बाली गाउँको पाखो बारीमा उत्पादन हुने गर्थ्यो। तर पछिल्लो समय ती बाली उत्पादन हुने बारी वनमाराले ढपक्क ढाकिएका छन्। स्वादिष्ट र स्वास्थ्यका लागि फाइदाजनक पुरानो बाली संरक्षण र बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले बजेट विनियोजन गरेको छ। गत वर्षहरूमा केन्द्रले कृषकलाई परम्परागत बालीको बिउ लगायत आवश्यक सहयोग गरेको थियो। यस वर्ष भने उत्पादित वस्तुको प्याकेजिङ र बजारीकरणमा जोड दिने भएको छ। "रैथाने बाली संरक्षणका लागि ज्ञान केन्द्रले कृषकलाई आकर्षित गर्ने खालको कार्यक्रम ल्याएको छ," कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले भने, "धेरैजसो किसान अहिले नगदेबालीतर्फ लागेका छन्। हामी किसानले उत्पादन गर्ने वस्तुलाई प्याकेजिङ र बजारीकरणमा सहयोग गर्नेछौं।" काठेखोला गाउँपालिका–८ लेखानीका चानसिंह श्रीसले गाउँमै उत्पादन हुने रैथाने बाली कोदोलाई ब्राण्डिङ गरी बिस्कुट बनाएर बजारमा ल्याइरहेका छन्। उनका अनुसार बजारमा कोदो बिस्कुटको माग बढेको छ तर कोदो खेती धेरैले गर्न छोडेपछि कोदो नपाइने स्थिति आएको छ। बागलुङमा अहिले ८५ हेक्टरमा फापरको खेती हुने गरेको छ भने प्रत्येक वर्ष १२० मेट्रिक टन फापर उत्पादन हुने गरेको ज्ञान केन्द्रको तथ्याङ्क छ। रैथाने बालीको उत्पादन बढाउन र बजारीकरणमा सहयोग गर्न केन्द्र लागिपरेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क