इन्फो नेपाल — सञ्चारको सञ्जाल

रोशीको खरिबोट खोलामा यात्रुबस फस्यो, सबै यात्रु सुरक्षित

काभ्रे। काभ्रेको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंहतर्फ जाँदै गरेको यात्रुबाहक बस खरिबोटस्थित खोला तर्ने क्रममा फसेको छ।

​अप्ठ्यारो भित्री सडकखण्डमा पर्ने खरिबोट खोला तर्ने क्रममा बस बीच भागमै अड्किएपछि यात्रुहरू जोखिममा परेका थिए।

घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस भकुण्डेबेँसीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सुमन बुढाथोकीको कमाण्डमा १० जनाको टोली परिचालन गरिएको थियो।

​सशस्त्र प्रहरीको उद्धार टोलीले बसमा सवार सबै यात्रुलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको छ। दुर्घटनामा कुनै मानवीय क्षति नभएको सशस्त्र प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

आज बिहान काठमाण्डौ विश्वका प्रदूषित शहरहरुको सूचीमा ५औं स्थानमा

काठमाण्डौँ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था (आईक्यू एयर) ले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्ड…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

सरकार फेरिएको लामो समय बित्दासमेत बागमती प्रदेशसभाले पाएन सभामुख, बैठकसमेत अनिश्चित

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठन भइसकेको लामो समय बितिसक्दासमेत प्रदेशसभाले अझै सभामुख पाउन सकेको छैन। मन्त्री पदको भागबण्डा मिलाउन सक्रिय दलहरूबीच सभामुख चयनको विषयमा सहम…

इन्फो डेस्क