इन्फो नेपाल — सञ्चारको सञ्जाल

लञ्च भयो मेटाको नयाँ फिचर : अब इन्स्टाग्राम मा पनि हुनेछ यति धेरै कमाई

सुबास घिमिरे|इन्स्टाग्रामलेकन्टेन्ट क्रियटर्सलाई पैसा कमाउने अर्को एउटा तरिका दिइरहेकोछ।मेटाको फोटो र भिडियो शेयरिङ एप इन्स्टाग्रामले सब्सक्रिप्सन फिचर जारी गरेको छ । यो फिचर अघिल्लो वष नोभेम्बरमा देखिएको थियो । यद्यपि, इन्स्टाग्रामले यसलाई केही अमेरिकी क्रिएटर्सका लागि पनि उपलब्ध गराएको छ । यो फिचरको मद्दतले क्रिएटर्सले आफ्ना पेड फलोअर्सका लागि एक्सक्लुसिभ इन्स्टाग्राम लाइभ भिडियो र स्टोरीमा पहुँच दिन सक्नेछन् । यतिमात्रै होइन सब्सक्राइबर्सले पनि एउटा विशेष ब्याच पाउनेछन् जसले उनीहरुलाई क्रिएटर्सको कमेन्ट सेक्सन र इनबक्समा अन्य प्रयोगकर्ताभन्दा भिन्न पहिचान दिनेछ । इन्स्टाग्रामले यो फिचरलाई १० अमेरिकी क्रियटर्ससँग लाइभ गरेका छन् । एपले यसलाई अल्फा टेस्ट मानिरहेको छ । अर्थात्, क्रियटर्सले यो फिचरलाई प्रयोग गरेर सर–सल्लाह दिनेछन् । सब्सिक्रिप्सनको कुरा गर्ने हो भने क्रियटर्सलाई आफ्नो सामग्रीको मूल्य निर्धारण गर्न स्वतन्त्रता हुनेछ । ०.९९ डलरदेखि ९९.९९ डलर प्रति महिनाको बीचमा क्रियटर्सले ८ प्राइस पोइन्ट पाउनेछन् । सब्सक्रिप्सनपछि प्रयोगकर्ताले स्टोरी हाइलाइट्सजस्ता सब्सक्राइबर्स–ओन्ली कन्टेन्टको एक्सेस पाउनेछन् । एक्सक्लुसिभ ब्रोडकास्ट सुरु भएपछि प्रयोगकर्ताले यसबारे सूचना पाउनेछन् । यो सब्सक्राइबर्सका लागि हुने भएकोले यसमा प्रयोगकर्ताको संख्या कम हुनेछ । यसमार्फत् फलोअर्स उत्कृष्ट तरिकाले कन्टेन्ट क्रियटर्ससँग जोडिन सक्छन् । सब्सक्राइबर्स–ओनली स्टोरिज पर्पल रिङसँग देखिनेछ । हाल क्रियटर्सले एनालिटिक्समा कुनै भिन्न सब्सक्रिप्सन सेक्सन भने पाउनेछैनन् तर उनीहरुले सब्सक्रिप्सनबाट हुने कमाईको जानकारी भने पाउनेछन् । क्रिएटर्सले सब्सक्रिप्सनबाट कमाई, जम्मा सब्सक्राइबर्स, नयाँ सब्सक्राइबर्स र क्यान्सिलेशनको जानकारी सब्सक्रिप्सन सेटिङबाट पाउनेछन् ।

सम्बन्धित समाचार

फेसबुक पेज–नामबारे फैलिएको भ्रम : ‘पहिले बनायो भने अधिकार हुन्छ’ भन्ने दाबीको वास्तविकता

काठमाडौँ | नेपालमा सामाजिक सञ्जालको पहुँच तीव्र गतिमा बढ्दै गएको छ। त्यससँगै फेसबुक पेज–नामसँग सम्बन्धित केही गलत बुझाइ पनि रुढ भइरहेका छन्। पछिल्लो समय धेरैले “पहिले पेज बनाएकोले…

इन्फो नेपाल संवाददाता

नेपाललाई कर तिर्ने फेसबुक सञ्चार मन्त्रालयमा दर्ता हुन किन चाहेन ?

हेटौँडा |सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई ‘दर्ता नभएको’ भन्दै २६ वटा अनलाइन सेवा बन्द गर्ने निर्णय गरेपछि ठूलो बहस सुरु भएको छ। फेसबुक, युट्युब, गुगललगायतका कम्पनीहरूले नेपालमा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

ब्लक हुने एप प्रयोगकर्ताबीच सुरक्षित निःशुल्क भीपीएन ‘१.१.१.१’ चर्चामा

हेटौँडा | सरकारले दर्ता नभएका सामाजिक सञ्जाल र एप बन्द गर्ने निर्णय कार्यान्वयन गरेसँगै प्रयोगकर्ताबीच निःशुल्क भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग बढ्न थालेको छ। साइबर सुरक्ष…

इन्फो नेपाल संवाददाता