इन्फो नेपाल — सञ्चारको सञ्जाल

लमजुङका १७ वर्षे किशाेरले बनाए 'ई–स्कुटर'

 लमजुङ – नाम : अविनाश गुरुङ । घर : मध्यनेपाल नगरपालिका–८ डडुवा । अहिले बसोवास मध्यनेपाल भोर्लेटार । उमेर : १७ वर्ष । अध्ययनरत विद्यालय : इशानेश्वर मावि, मध्यनेपाल–६ । पढ्ने विषय : बाली विज्ञान । रुचि : विज्ञान–प्रविधि ।  सानै उमेरदेखि विज्ञान, प्रविधिमा रुचि राख्ने अविनाशले अहिले आफैँले ई–स्कटुर (विद्युतीय स्कुटर) बनाएका छन् । आफैँले बनाएको स्कुटर चढेर उनि विद्यालय पुग्छन । यसैमा घर फर्कन्छन । उनले एक महिना लगाएर ई–स्कुटर बनाएका हुन् । अविनाशले याे स्कुटर चढेर विद्यालय आउजाउ गर्न थालेको छ महिना पुगिसकेको छ । दिउँसो पढाइमा व्यस्त रहे पनि बिहान–बेलुकीको समय खर्चेर ई–स्कुटर निर्माण गरेको उनले बताए । ‘विद्यार्थी मान्छे । पढ्नु त पर्‍याे नै । दिउँसो पढाइमा व्यस्त भइन्थ्यो । बिहान–बेलुकीको समय खर्चेर एक महिनाको समयमा स्कुटर तयार गरेको हो’, उनले भने । उनको यस कार्य, प्रयासलाई धेरैले प्रशंसा गर्ने गरेका छन् । ‘धेरैले राम्रो भन्नुहुन्छ । कतिपयले सहयोग पनि गर्नुहुन्छ । अझै धेरै चिज बनाउने योजना, सोच छ । यसका लागि पालिकाबाट सहयोगको अपेक्षा राख्दछु,’ उनले भन्नुभयो । प्रविधिमा धेरै रुचि रहनुमा उनीभित्र प्रतिभा रहेको इशानेश्वर माविमा भौतिकशास्त्र पढाउँदै आएका शिक्षक निर्मल अधिकारीले बताए । प्रतिभाको कदर र संरक्षण सबैले गर्नुपर्ने उनले बताए । अविनाशकाे प्रतिभाको प्रस्फुटनका साथै उनको कार्यको प्रचारप्रसारमा विद्यालय जुटिरहको शिक्षक अधिकारीकाे भनाइ छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क