इन्फो नेपाल — सञ्चारको सञ्जाल

लुकीलुकी कसले हेर्दैछ तपाइँको फेसबुक प्रोफाइल ? यसरी थाहा पाउनुहोस्

२६ असोज, काठमाडौं । सबैभन्दा लोकप्रिय सोसल मिडिया प्लाटफर्म फेसबुकमा प्रयोगकर्ताहरु यति आशक्त भैसकेका छन् कि उठबस, घुमफिर तेरी बस्ने, खाने सुत्ने सम्मका आफ्ना नितान्त निजी जानकारीहरु समेत फेसबुकमा शेयर गर्दछन् । कतिपय मानिसहरुले त फेसबुकबाटै आम्दानी पनि गरिरहेका हुन्छन् । अर्थात् समग्रमा फेसबुक यस्तो प्लाटफर्म बनेको छ जसले हाम्रो लगभग सबै खालका आवश्यकताहरु पूरा गर्दछ ।फेसबुकमा मित्रता कायम गर्नु निकै सजिलो छ । तपाइँलाई जो सँग दोस्ती गर्नुछ, मात्र उसलाई फ्रेण्ड रिक्वेस्ट पठाए पुग्यो । यदि उसले तपाइँको अनुरोध स्विकार गर्यो भने भयो मित्रता । यद्यपि कहिलेकाहीँ फेसबुकमा भएको मित्रतामा दरार पनि आउँछ, जसका कारण फेसबुके साथीहरु एक अर्कालाई ब्लक वा अनफ्रेण्ड गर्दछन् । तर साथीबाट हटाइसकेको साथीको फेसबुक प्रोफाइल भने लुकीलुकी हेर्दछन् । यदि तपाइँलाई आफ्नो फेसबुक प्रोफाइल कस कसले हेरिरहेको छ भन्ने जान्ने इच्छा छ भने त्यसको निकै सजिलो उपाय छ । आइफोन प्रयोगकर्ताले सहज रुपमा फेसबुक एपको प्राइभेसी सेटिंग्समा गएर आफ्नो प्रोफाइल हेर्ने मानिसहरुको बारमा जानकारी लिन सक्दछन् । कम्प्युटरबाट वेब भर्सनमा फेसबुक चलाउँदा चाहीँ निम्नानुसारको विधि अपनाउनुपर्दछः आफ्नो ल्यापटप वा डेस्कटपमा कम्प्युटरमा फेसबुक लगइन गर्नुहोस्, टाइमलाइनमा कुनैपनि ठाउँमा राइट क्लिक गरेर View page source मा क्लिक गर्नुहोस् CTRL+U थिच्नुहोस्, त्यसपछि ctrl+f थिचेर सर्च बारमा BUDDY_ID सर्च गर्नुहोस्, BUDDY_ID सँगै तपाइँले १५ अंकको कोड प्राप्त गर्नुहुन्छ, उक्त कोडलाई कपी गरेर ब्राउजरमा facebook.com/profile ID-१५ अंकको कोड) टाइप गरेर सर्च गर्नुहोस्त्य, सो गर्दा सिधै त्यहीँ व्यक्तिको फेसबुक प्रोफाइल खुल्दछ, जसले तपाइँको प्रोफाइल भिजिट गरेको हुन्छ । तपाइँको फेसबुक प्रोफाइल कस कसले चेक गरिरहेको छ यो पत्ता लगाउने अर्को तरिका पनि छ । यसका लागि तपाइँ क्रोम एक्सटेन्सनको सहयोग लिन सक्नुहुन्छ । वास्तवमा गुगल क्रोममा गएर तपाइँले Super Viewer for Facebook जस्ता एक्सटेन्सन डाउनलोड गर्नुपर्दछ । यसको सहयोगमा तपाइँले आफ्नो फेसबुक प्रोफाइल कस कसले हेरिरहेको छ भन्ने थाहा पाउनुहुन्छ । यद्यपि यी दुबै तरिकाबाट तपाइँको फेसबुक प्रोफाइल सम्बन्धित व्यक्तिले कुन मितिमा हेर्यो भन्ने कुरा चाहीँ पत्ता लगाउन सकिँदैन ।एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

फेसबुक पेज–नामबारे फैलिएको भ्रम : ‘पहिले बनायो भने अधिकार हुन्छ’ भन्ने दाबीको वास्तविकता

काठमाडौँ | नेपालमा सामाजिक सञ्जालको पहुँच तीव्र गतिमा बढ्दै गएको छ। त्यससँगै फेसबुक पेज–नामसँग सम्बन्धित केही गलत बुझाइ पनि रुढ भइरहेका छन्। पछिल्लो समय धेरैले “पहिले पेज बनाएकोले…

इन्फो नेपाल संवाददाता

नेपाललाई कर तिर्ने फेसबुक सञ्चार मन्त्रालयमा दर्ता हुन किन चाहेन ?

हेटौँडा |सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई ‘दर्ता नभएको’ भन्दै २६ वटा अनलाइन सेवा बन्द गर्ने निर्णय गरेपछि ठूलो बहस सुरु भएको छ। फेसबुक, युट्युब, गुगललगायतका कम्पनीहरूले नेपालमा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

ब्लक हुने एप प्रयोगकर्ताबीच सुरक्षित निःशुल्क भीपीएन ‘१.१.१.१’ चर्चामा

हेटौँडा | सरकारले दर्ता नभएका सामाजिक सञ्जाल र एप बन्द गर्ने निर्णय कार्यान्वयन गरेसँगै प्रयोगकर्ताबीच निःशुल्क भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग बढ्न थालेको छ। साइबर सुरक्ष…

इन्फो नेपाल संवाददाता